२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा नयाँ एसपी परिचयात्मक तथा चियापान कार्यक्रम आयोजना

१२ आश्विन २०७२, मंगलवार १५:५८

man bahadur shahi

सन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गमा नयाँ एसपी मानबहादुर शाही आएका छन् । शमशेरगञ्ज गणबाट उनी हालै भालुवाङ्ग गणमा सरुवा भएर आएका हुन् भने भालुवाङ्गका एसपी इन्द्रराज कार्कीको नवलपरासीको बर्दघाटको गणमा सरुवा भएको छ ।

यसैबीच गणले भालुवाङ्गमा स्थानिय सरोकारवालाहरु संग परिचयात्मक तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै सरुवा भएर आएका नव आगन्तुक गणपति मानबहादुर शाहीले गणको कार्यक्षेत्र भित्र नागरिकहरु संगको समन्यमा सुरक्षा व्यवस्था संगै नागरिकका हरेक समस्यामा सहयोग गर्ने बताए । उनले आजका प्रहरीले दिने मात्र नभई नागरिक संग प्रत्यक्ष सरोकार राख्ने विकास निमार्ण, सरसफाई, विपत्त व्यवस्थापन जस्ता कामहरु समेत सहयोगी भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । शान्ति सुरक्षा र विकास निमार्ण प्रहरीको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भएकोले सबैको सहयोगको महत्वपूर्ण भुमिका हुने समेत बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, एनेकपा माओवादीका नारायण शर्मा, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, संघकै निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्र्रेल, भालुवाङ्ग होटेल व्यवसाय संघका अध्यक्ष ऋषिराम आचार्य, लालमटिया स्वास्थ्य चौकीका ईन्चार्ज नवराज न्यौपाने, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवर, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजाल, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी, कृष्णप्रसाद भण्डारी, सागर थापा, उद्योगपति अकबर अलि र शंकरनाथ योगी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरिक्षक चन्द्रबहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह