२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गाविसको सेवा अहिले सम्म कै प्रभावकारी, लालमटिया गाविसको समिक्षा गोष्ठी सम्पन्न

१४ आश्विन २०७२, बिहीबार ११:४१

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । देउखुरीको लालमटिया गाविसको सेवा प्रभाव अहिले सम्मकै उत्कृष्ट भएको बुधबार लालमटियाको रेडक्रस भवन मसुरियामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।

gosti
लालमटिया गाविसको आर्थिक बर्ष २०७१/०७२ मा सञ्चालित योजनाको बार्षिक समिक्षा गोष्ठीमा बोल्ने सहभागी तथा योजना प्रमुखहरुले यस्तो बताएका हुन् । उनीहरुले विगतमा पूर्व गाविस सचिवहरुले समयमा योजनाहरुको रकम निकास नगर्दा निकै दुख भोगेको बताउँदै यस बर्ष भने भनेकै समयमा बजेट निकासा पाएको भन्दै खुसी व्यक्त गरेका हुन् ।

विगतका बर्षहरुमा समयमा बजेट निकासा हुन नसक्ने प्रबृत्तिले गत बर्षमा विनियोजित योजनाहरुमा सम्झौता गर्न नआउँदा समयमै योजनाहरुको काम नहुने त कतै कुनै योजनाका रकमहरु समेत स्तान्तरण गर्नु परेको गाविसले जनाएको छ । हामीले विगतका बर्षहरुमा सम्बन्धित योजनाका लागि पटक—पटक सम्झौता गर्न पटक—पटक जानकारी गराउँदा समेत नआउने गरेको अवस्था थियो तर यस बर्षलाई भने सेवा प्रभावकारी बनाउन बिना झन्झट नियम अनुसार काम सम्पन्न हुना साथ रकम निकासा दिएको फोरमलोकतान्त्रिका गोरखनाथ कसौधनले जानकारी दिए ।

समयमा बिना झन्झट बजेट निकासा दिएकोले यस बर्ष समयमै सबै योजनाहरु सम्पन्न भएको गाविस सचिव हिरालाल भण्डारीले जानकारी दिए । हामीले गाविसको काम कार्वाहीलाई प्रभावकारी बनाउन यस बर्ष गाविसबासी र राजनितिकदलको निर्णयमा सरल तरिका अपनाएको हौँ सचिव भण्डारीले भने । गाविसबासीको चाहना अनुरुप काम गर्दा समयमै योजना सम्पन्न भएकोमा सचिव भण्डारीले सबैमा धन्यवाद ज्ञापन गदै सदा सहयोग र आवश्यक सुझावका लागि आग्रह समेत गरे ।

गाविसका शाखा अधिकृत हिरालाल भण्डारीको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा सचिव भण्डारीले आर्थिक बर्ष २०७१÷०७२ को ५९ लाख ६५ हजार २ सय ६७ रुपैयाँ ८३ पैसा बराबरको योजनाहरुको समिक्षा गरिएको थियो । जसमा भौतिक पूर्वधार विकास निमार्ण तर्फ ३४ लाख ५४ हजार २६ रुपैयाँ ८३ पैसा, बालबालिका लक्षित कार्यक्रममा ६ लाख १२ हजार ५ सय ५, महिला लक्षित कार्यक्रममा ४ लाख ८० हजार ५ सय ९३, कुषि लक्षित कार्यक्रम तर्फ ५ लाख ७४ हजार १ सय ७१, विपन्न, दलित, जनजाति, मधेसीमुस्लिम तथा जेष्ठ नागरिक लक्षित कार्यत्रलममा ६ लाख ९१ हजार ९ सय ५५, कन्टेन्जेसीमा १ लाख ५२ हजार १७ रुपैयाँ बराबरको योजनाहरु प्रभावकारी ढंगले सञ्चालन भएको गाविसले जनाएको छ ।

यस बर्षको योजनाहरु पूर्ण रुपले सम्पन्न भएको र सबै रकहरु समेत भुक्तानी गरिसकिएको समेत गाविस कार्यालयको भनाई छ । गाविसले यस बर्ष विभिन्न शिर्षकमा १७ लाख ६६ हजार २ सय ४८ रुपैयाँ राजस्व समेत संकलन गरेको सचिव भण्डारीले जानकारी दिए । त्यस्तै गाविसले यस बर्ष ६९ लाख ११ हजार ४ सय रुपैयाँ समाजिक सुरक्षाभत्ता वितरण गरेको छ, भने गाविस सञ्चालन तर्फ ५४ लाख ५२ हजार ७४ रुपैयाँ खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । गाविसले गाविसका ९ वटै वडाहरुमा ६५ वटा नयाँ पुरा योजनाहरु सम्पन्न गरेको छ भने, ४५ वटा लक्षित बर्गकार्यक्रम सम्पन्न गरेको र १२ भौतिक सुधार योजनाहरु सम्पन्न भएको जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाविसका प्राविधिक ऋषिकेस क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका नुमानन्द सुवेदी, एमालेका शोभाकर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाब्राम मल्ल, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्टिय जनमोर्चाका केशवराज खनाल, नेकपा माओवादीका गणेश केसी, राप्रपाका टेकबहादुर गिरी, थरुहट तराई पार्टी सनिराम चौधरी, संघीयलोकतान्त्रि मञ्चका रामप्रसाद चौधरी, पत्रकार सन्तोषकुमार गुप्ताले सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा वार्ड नागरिक मञ्चका संयोजकहरु मिना थापा, शान्ति सुनार, अपाङ्ग सञ्जालका दुखराम सार्की, कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, महिला सञ्जालकी अध्यक्ष सरस्वता पोख्रेल, उपभोक्ता समितीका संयोजकहरु डदीबहादुर पाण्डे, त्रिभान बुढामगर, कृष्णबहादुर गिरी, महेशचन्द्र खनाल सहित एक दर्जन बढी योजनाका प्रमुखहरुले योजनाका प्रतिवेदन सहित अगामी दिनका लागि सल्लाह सुझाव सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गाविसका सहायक लेखापाल रेशमराज अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने