Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्रीमति हत्या गर्ने श्रीमान पक्राउ: १५ दिनमा दुई श्रीमति मारिए, बच्चाहरुको बिचल्ली

By साझासवाल 12 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | कात्तिक १८, बुटवल | तीन दिन अघि गुल्मीमा श्रीमतिलाई चरम यातना दिदै  र निर्घात कुटपिट गर्दै हत्या गर्ने श्रीमानलाई  प्रहरीले पक्राउ गरी आईतवार सार्वाजानिक गरेको छ ।

कार्तिक १५ गते राती मदाने गाउँपालिका वडा नम्वर ६, पनाह भन्ने स्थानकी ३६ बर्षिया श्रीमति सिता नेपालीलाई हत्या गरेको अभियोगमा शनिवार पक्राउ परेका  ३३ बर्षिय श्रीमान राजकुमार  नेपालीलाई  जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी सार्वाजानिक गरेको हो ।

शनिवार बिहान साढे १० बजेको समयमा  पुर्कोटदह ईलाका प्रहरी कार्यालयका टोलीले धाराचौर गहँचौर भन्ने स्थानमा रहेको गोठमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

श्रीमति तिजमा माईत गएको, त्यतैबाट बुटवल गई बसेको र त्यस दिन उनि घर आएकी थिईन ।  घर आई  त्यस साँझ श्रीमानको कुटाईबाट बच्न  चार सन्तानलाई लिएर उनि स्थानिय राजकुमार थापाको खाली घर भित्र गई लुकेर बसेकी थिईन ।

‘ म काममा गएको थिएँ , साझ रक्सी पिई घर आएको थिएँ । घर आउँदा  छिमेकीले तिम्री श्रीमति आएकी छन भनेर थाह दिए पछि मैले खोज्दै जाँदा त्यस घरमा ढोकामा आग्लो लगाई लुकेर बसेको थाह पाएँ  । त्यस पछि सोही घरको ढुङ्गाको छानो हुँदै माथील्लो तलको खुल्ला रहेको ढोकाबाट भित्र छिरी तल्लो तलमा गई  खाली खाटमा चार सन्तान सहित सुतेकी श्रीमतिलाई उठाई घर जाउँ भन्दा नमानेको  हुँदा भित्रबाट लगाएको आग्लोले श्रीमतिको टाउको हात खुट्टा लगायत शरिरका विभिन्न भागमा हान्दा निज सोही कोठाको भुईमा लडेकी र  निजलाई र सानो बच्चा सहित छाडी तिन वटा बच्चा साथमा लिई आफु घरमा गई सुतेको निजले बताएको प्रहरी प्रमुख बस्नेतले बताए ।

आफु भोली पल्ट  स्थानिय धारचौर स्कुलमा ढलान गर्न भनि गएकोमा तेरो श्रीमति मृत्यु भएको छ भन्ने जानकारी पाएको हुँदा त्यहाँबाट भागी दिन र रातभरी नजिकै रहेको माईलाबा  नाता पर्ने विनबहादुर नेपालीको खरवारीमा लुकेर बसेको र  १७ गतेका दिन राती ११  बजेको समयमा मेरो घरमा आई मकै भट्टमास , कपडा कराई समेत पोकोपारी धाराचौर गहुँछरे भन्ने जंगलमा रहेको खाली गोठमा गई  मकै भट्ट भुटी खाई लुकीछिपी सुती रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोलीले आफुलाई पक्राउ गरेको निजले बयान दिएको प्रहरी प्रमुख बस्नेतको भनाई छ ।

निजले श्रीमतिको शरिरमा एउटा पनि कपडा नराखी नग्न बनाई निकै क्रुरुरता पुर्वक  यातना दिई कुटपिट गरी हत्या गरेको प्रहरी प्रमुख बस्नेतले  बताए ।

बाबु आमा विहिन चार सन्तानको बिचल्ली

बाबु प्रहरीको हिरासतमा, आमाको हत्या भए पछि उनका डेढ बर्ष देखि १० बर्ष सम्मका चार नावालक वालिकाहरुको यति वेला विचल्ली भएको छ ।

संरक्षण गर्ने उनिहरुका केही नभए पछि जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।  प्रत्यक्षदर्शी उनका १० बर्षिय जेठा  विपिनले  तिमीहरु नकराउ मैले यसलाई मारेरै छाड्छु भन्दै आमालाई कुटेको बताए । ७ बर्षिय छोरी विपनाले आफुहरुलाई पनि बाबुले मार्ने डरले केहि नबालेको बताए ।

मृतक आमा संग डेढ बर्षिय छोरा संगै रातभरी सुतेका थिए ।  यति बेला उनि आमाको दुध पिएको बानी अनुसार अर्को दाजु बिकासको ढाडमा दुध चुसे झै चुस्दै थिए ।  घटना अत्यन्तै दर्दनाक भएको र प्रहरीले तत्काल पक्राउ गर्न सफल भएकोमा प्रमुख जिल्ला अधिकारी यदुनाथ ज्ञवालीले धन्यबाद दिए ।

घटना घटेको हाम्रो सुरक्षा समितिमा सुचना प्राप्त भयो । यहाँबाट  प्रहरी प्रमुख एसपी सावलाई पनि सोही स्थानमा खटाईयो, उहाँ र ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राविराज थपलियाले निकै प्रशंसनिय कार्य गर्नु भयो प्र.जि.अ. पौडयालले भने उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ यस घटनमा ईन्सपेक्टर थपलियालाई पुरस्कृत गर्ने सोच समेत राखेका छौं ।’

उनले तत्काललाई मदाने गाउँपालिकाले उनिहरुको खानपिनको खर्च जुटाई स्थानिय ओमबहादुर नेपालीको घरमा ती वालवालिकाको संरक्षण गर्न लगाईने र केन्द्र सरकार संग पनि उनिहरुको संरक्षणका लागि आग्रह गरिने उनले बताए ।

मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीले प्रहरीले तत्काल अभियुक्तलाई पक्राउ गर्न सफल भएकोमा धन्यवाद दिदै ईन्सपेक्टर थपलियालाई ५ हजार नगद पुरस्कारले सम्मान गर्ने उद्घोष गरे । उनले  बिचल्लीमा परेका  वालवालिकाहरुलाई तत्कालका लागि खान खर्च गाउँपालिकाले बेहोर्ने बताए ।

अभियुक्तकी जेठी श्रीमतिले दोश्रो बिबाह गरे पछि भाउजु नाता पर्ने मृतक श्रीमतिलाई उनले बिबाह गरेको स्थानियले बताए । रातै दिनको कुटपिट सहन नसकेर तिजमा माईत हिडेकी उनि बुटवल तिर मजदुरी गर्न गएकी र छोरा छोरीको मायाले घरमा आएकी थिईन तर सन्तान संग भेट भएकै रात उनको श्रीमानले पराण पखेरु  गुमाई दिए ।

१५ दिन नपुग्दै श्रीमानद्धारा दुई श्रीमतीको हत्या

ग्रामिण भेगमा मदिरा सेवनकै कारण गुल्मीमा १५ दिनको बिचमा दुई अलग-अलग श्रीमानबाट दुई  श्रीमति हत्याका घटना घटेको छ ।  कार्तिक ३ गते दशैका दिन मुसिकोट नगरपालिका वडा नम्वर ४ साबिक बडागाउँमा पनि मदिरा सेवन गरी  ३५ बर्षिय श्रीमान पंकज कुमालले ३४ बर्षिया श्रीमति लाली कुमालको निर्घात कुटेर हत्या गरेका थिए । उनि प्रहरीको अनुसन्धानमा रहेकै बेला फेरी अर्को सोही प्रकारको घटना घटेको प्रति मदिरा नियन्त्रणमा आफुहरुको चिन्ता बढेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

बाबुद्धारा छोरी बलात्कृत

यसै बिच  गुल्मी प्रहरीले केहि दिन अघि ईस्मा गाउँपालिकामा आफ्नै छोरी बलात्कार गर्ने एक जना बाबुलाइै पनि पक्राउ गरी कार्बाही चलाएको जनाएको छ । त्यस्तै अर्को एक ब्यक्तिले पनि शाररिक र मानसिक रुपमा अशक्त अर्की महिलालाई  बलात्कार गरेको र निजलाई पनि पक्राउ गरे कार्बाही प्रकृया अगाडी बढाएको बताएको छ ।