२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

थरुहटको बन्द सडक केन्द्रित,सयौंको सख्यामा सडकमै उत्रिय कार्यकर्ता

१४ आश्विन २०७२, बिहीबार ११:५१

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । थरुहट थारुवानको बन्द बुधवार देखि सडक केन्द्रित भए पछि देउखुरीको सिसहनियाँ बजार क्षेत्रमा सयौको सख्यामा थरुहटका कार्यकर्ताहरु सडकमा उत्रियका छन् । साँझा र विहानमा लामो दुरीका सवारीका साधनहरु चले पनि दिउँसोमा भने गाडीहरु लामा लाग्ने गरेका छन् । विहीवार मात्रै सिसहनियाँ बजारमा थरुहटका कार्यकर्ताहरुले पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत सिसहनियाँ बजारको चोक चोकमा जम्मा भई बाटो अवरोध गरे पछि सवारीका साधनहरु बजारमै रोकिएका थिए ।

सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै केन्द्रको आदेश अनुसार यस अघि देउखुरीका ४ ओटा उद्योग वाणिज्य संघ सँग भएको सहमती कायम राख्दै व्यापार व्यवसाय र शिक्षण संस्थाहरु खुल्ला राख्दै सडक बन्द गर्नु परेको संघर्ष समितिका देउखुरी संयोजक हिरालाल चौधरीले जानकारी दिनुभएको छ । विहीवार सिसहनियाँ गाविसको सगरापुर, बगरापुर, पत्थरगढवा, मझेरिया, भगवानपुर, पहरुवा, बड्का सिसहनियाँ, छोट्की सिसहनियाँ लगायतका गाउँ बाट करिव चार÷पाँच सयको सख्यामा थरुहटका कार्यकर्ताहरु सडकमा उत्रिएका थिए ।

उता प्रहरीले भने सडकमा रोकिएका सवारीका साधनहरुलाई साँझा विहान स्कर्टिङ गरेर गन्तव्य तर्फ पु¥याउने गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मिनबहादुर कुवर क्षेत्रीले जानकारी दिनुभएको छ । समितिले थारु बाहुल क्षेत्र लाई अलग प्रदेश बनाउनु पर्ने, जनसख्याको आधारमा सामानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने लगायतका माग राख्दै गत साउन २७ गते देखि आन्दोलन गदै आएको छ । लामो समय भई सक्दा पनि सरकारले माग सुनुवाई नगरे पछि राजमार्ग र नाकाबन्दी केन्द्रित आन्दोलन थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह