2026-11-01 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

देशलाई निकास दिन सरकार असफल-अध्यक्ष थापा

कमल घिमिरे।कार्तिक१९।पाँचथर,राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले वर्तमान सरकार संक्रमणकालिन अवस्थालाबाट मुलुकलाई निकास दिलाउन पुर्णरुपमा असफल भएको आरोप लगाउनुभएको छ ।

प्रदेश १ र २ को भ्रमणको शिलसिलामा आइतबार पाँचथरको सदरमुकाम फिदिम आइपुग्नुुभएका अध्यक्ष थापाले यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले भइरहेको संक्रमणकालिन अवस्थालाबाट देशलाई मुक्ति दिलाउन सरकार पुर्णरुपमा असफल भएको भन्दै जनअपेक्षा अनुसार काम गर्न असफल भएको वताउनुभएको हो ।

 अध्यक्ष  थापाले सरकारको नितिगत त्रुटिकै कारण मुलुक संक्रमणको  अवस्था सिर्जना भएको र मुलुकमा धार्मिक द्धन्दको सम्भावना देखिएको वताउनुभयो । दुई तिहाइको सरकार भएर पनि जनतालाई परिवर्तनको अनुभुति दिलाउनु नसकेको उल्टै भ्रष्टचार, हत्याहिँसा, वलात्कार जस्ता जघन्य अपराध वढिरहँदा त्यसमा सरकारले प्रभावकारि उपस्थिती जनाउन नसकेको थापाले आरोप लगाउनुभयो ।

कन्चनपुरकी निर्मला पन्त हत्याकान्डको दोषी पत्ता लगाउन असफल भएको र प्रशासन, संवैधानिक अंगलगायत सुरक्षा निकायमा पनि राजनीतिकरण भएको उहाँले जिकिर गर्नुभएको छ । राजतन्त्र सहितको लोकतन्त्रले मात्र देश समृद्ध हुने थापाको तर्क रहेको छ । ‘ ‘विखण्डनकारी शक्तिहरू क्रमश बलिया भइरहेकाले सरकारले चाँडै ध्यान पुर्याउनुपर्ने थापाको भनाई रहेको थियो ।

राप्रपा चाडैँनै मेचि महाकालि स्वाभिमान यात्रा गर्ने र वलियो राष्ट्रियवादि पार्टि निर्माणको लागि विचार मिल्ने पार्टिहरुसँग पार्टि एकताको प्रक्रियापनि वढिरहेको थापाको भनाई रहेको छ ।

यस्तै  राप्रपा पाचथरको आयोजनाममा फिदिममा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रा सम्पन्न भएको छ । जिल्ला सवन्वय समितीको हलमा सम्पन्न कार्यक्रममा जिल्लाका नेता कार्यकर्ता तथा क्षेत्रिय अध्यक्ष र कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको वताइएको छ ।

कार्यक्रममा राप्रपाका नेता तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेन, केन्द्रिय सदस्य भक्ति प्रसाद सिटौला, केन्द्रिय सदस्य सुनिता कुरुम्बाङ, केन्द्रिय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष तेजकुमार कुरुम्बाङ, केन्द्रिय सदस्य तथा प्रदेश १ का सचिव वासुदेव भटराई,पूर्व मन्त्रि तथा केन्द्रिय सदस्य मानबहादुर जवेगु, केन्द्रिय सदस्य छविरण सुवेदि, केन्द्रिय सदस्य राजाराम बड्तौला, जिल्ला बरिष्ठ नेता कृष्णप्रसाद योङया र शिक्षक महासँघका केन्द्रिय सदस्य विष्णुकुमारि राई लगायतले मन्तव्य राख्नुभएको थियो ।
राप्रपाका पाँचथर जिल्ला उपाध्यक्ष कमला केरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पार्टिका केन्द्रिय उपाध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा पाँचथर जिल्ला अध्यक्ष जगत थपामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द