२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कोही थारु आन्दोलनमा कोही सामुहिक खेतीमा

१५ आश्विन २०७२, शुक्रबार १०:२६

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । देउखुरीमा लामो समय देखि जारी थरुहट आन्दोलन भईरहेको बेलाका कोही थारुहरु सडकमा देखिन्छन् त कोही थारुहरु भने सामुहिक खेतीमा सक्रिय भएका छन् । सिसहनियाँ २ का नन्दकुमार चौधरी थरुहट आन्दोलनमा निकै सक्रिय देखिनु भएको छ भने सिसहनियाँ—९ भगवानपुरका केही थारु समुदाय सामुहिक खेतीमा सक्रिय भएको दृश्य देख्न पाईन्छ । यो असोजको मध्यान्न समय । टन्टलापुर घाम । राप्ती नदीले कटान गरेको करिव तिन विगाह जमिन । वालुवा वगरमा फलेको वदम खन्ने काममा २५ जनाको परिवार सक्रिय छ । त्यही २५ जना सदस्य मध्य एक हुन् परमेश्वरी चौधरी ।

badam

सामुहिक कामले उनको परिवारमो खुसी भित्रियो । ‘सवै साथी मिलेर हाँसी खुसी काम गर्छौं’उनले भने । ‘वगरमा वदम खेती छ, यो वेचर आएको पैसा समुहमा राख्छौं र चाहिएको वेला झिक्छौं ।’ विगत ७ वर्ष देखी भगवानपुरका भुमिहिन किसान यसैगरी सामुहिक खेतीमा तल्लीन छन् । समुहमा वसेकाहरुले बदम खेती गरेका छन् । बदम विक्रिवाट आएको पैसा समुहमा जम्मा हुन्छ र त्यही पैसा न्यूनतम ब्याजमा ऋण लिएर घर खर्च चलाउदै आएका छन् । समुहमा वस्दा अर्काे फाईदा पनि छ । एक आपसमा मित्रवद ब्यवहार र सहयोगी भावनाको विकास ।

गाउँमा कसैको घरमा दुःख प¥यो भने समुहका सवै सदस्यले काम गरेर सहयोग पु¥याउदै आएको स्थानिय गुलेदेवी चौधरीले भने ।‘मरनी करनीमा सवै जान्छौं, पात टिपेर, दाउरा काटेर सहयोग गर्छौं’चौधरीले भनिन् । ‘समुहमा वस्दा सवैको मन एउटै हुन्छ ।’ सिसहनिया गाविस वडा नं. ९ भगवानपुरका २५ घर परिवार भुमिहिन सुकुम्वासीको एउटा समुह छ । त्यो समुहमा वस्दै आएका घर परिवारका सदस्यले विगत ७ बर्ष देखी सामुहीक खेती गर्दै आएका हुन् । पाँच कट्ठा भन्दा कम जग्गा भएका भुमिहिन किसानहरुले राप्ती नदीले कटान गरेको वगरमा यो वर्ष वदम खेती गरेका छन् । उनीहरु सवै मिलेर सामुहिक रुपमा वदम र धानको खेती गर्दै आएका छन् ।

andolan

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ