२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङवाट डा. वावुराम भट्टराईको समर्थन गर्दै पत्रकार सम्मेलन

१५ आश्विन २०७२, शुक्रबार १०:३१

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । डा. वावुराम भट्टराईले अघि सारेको नयाँ विचारलाई समर्थन गर्दै दाङ जिल्लामा पत्रकार सम्मेलन गरिइको छ । एकिकृत नेकपा माओवादी दाङ जिल्लामा आवद्ध जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले बिहिवार दाङको लमहीमा पत्रकार सम्मेलन गरी डा. भट्टराईले अघि सारेको नयाँ विचारलाई समर्थन गरेको घोषणा गरिएको छ । दाङ जिल्लाको पाँच वटै निर्वाचन क्षेत्रमा आन्तरिक कार्य्विभाजन समेत गरिएको छ ।
औपचारीक रुपमा पार्टि भित्र राजिनामा दिएको घोषणा नगरिएपनि दाङ जिल्ला कार्यसमिति भित्रका आधा भन्दा वढी सदस्य नयाँ विचार समुहमा आवद्ध भएको दावी गरिएको छ । पत्रकार सम्मेलनमै एकिकृत नेकपा माओवादीका पूर्व राज्य समिति सदस्य माधव घिमिरे संगम र वाईसिएलका पूर्व जिल्ला अध्यक्ष रमेश हिताङ्गीले एकिकृत नेकपा माओवादी परित्याग गरी डा. भट्टराईको नयाँ विचारलाई अंगालेको घोषणा गर्नु भयो । एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. भट्टराईले राजिनामा दिएर पार्टि छोडेको वताएपछी मोफसलमा दाङ जिल्लावाट पहीलो पल्ट नयाँ विचारको समर्थन गर्दै पत्रकार सम्मेलन गरिएको हो ।

एकिकृत नेकपा माओवादी दाङ ५१ सदस्यीय रहेको छ । जस मध्य आधा भन्दा वढी डा. वावुराम भट्टराईको नयाँ विचारमा आवद्ध भएको दावी गरिएको छ । नयाँ विचारलाई गाउँ स्तरमा लैजाने तयारी गरिएको नयाँ विचार समुह दाङ क्षेत्र नंं १ का ईञ्चार्ज माधव घिमिरे संगमले जानकारी दिनुभयो । देशलाई आर्थिक सम्वृद्धिको वाटोमा लैजान नयाँ विचार समुहले नेतृत्व गर्ने भन्दै पुरानो पार्टि र विचारको काम नरहेको जिकिर पनि गरिएको छ । डा. भट्टराईले राजिनामा दिएको घोषणा पश्चात पहीलो पल्ट दाङ जिलद्धडम्ला वाट औपचारीक रुपमा भट्टराईले अंगालेको नयाँ विचारको समर्थन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली