२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प

१६ आश्विन २०७२, शनिबार ११:२०

सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी ।  थरुहट स्वायत्त प्रदेशको माग गर्दै आएको थारुहरुको जातिय संगठनले जारी राखेको बन्दले देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प छ । साउन २७ गते देखी थरुहट(थारुवान संयुक्त संघर्ष समितिले आह्वान गर्दै आएको बन्दका कारण देउखुरी क्षेत्रमा गाडि चल्न सकेका छैनन् ।
deukhuri dang district

एक महिना सम्म सबै क्षेत्र बन्द गर्दै आएको बन्दकर्ताहरुले पछिल्लो केही दिन देखी राजमार्गमा गाडि सञ्चालनमा रोक लगाएको छ । नयाँ संबिधानमा आफुहरुको अधिकार स्थापित हुन नसकेको र राज्य पूर्नःसरचना गर्दा चितवन देखी कन्चनपुर सम्मको थारु बहुल क्षेत्रलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग गर्दै संघर्ष समितिले बन्द आह्वान गर्दै आएको छ । बन्दका कारण देउखुरी क्षेत्रमा गाडिहरु चल्न सकेका छैनन् । फाट्ट फुट्टरुपमा चलेका सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्य तर्फ पठाउदै आएको छ । गाडी नचल्दा काम बिषेशले हिडेका यात्रुहरुलाई समस्या हुने गरेको छ । देउखुरीको पूर्वपश्चिम राजमार्गका बिभिन्न स्थानमा बन्दकर्ताहरु सडकमा बसेको प्रहरीले जानकारी दिएको छ ।

यसैविच पूर्व पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका २ सय बढि सवारीका साधनलाई प्रहरीले सुरक्षा दिएर गन्तब्य तर्फ पठाएको छ । बिहिबार बेलुकी ७ बजेदेखि राती १ बजेसम्म ३ पटक गरी २ सय २४ सवारीका साधनलाई स्कर्टिङ गरी गन्तब्यमा पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । शनिबार राजमार्गमा गाडिहरु कम चलेपनि केही मात्रामा गाडि चलिरहेको उनले बताए । थरुहटको आन्दोलन भन्दा पनि पेट्रोलियम पदार्थको अभावका कारण गाडिहरु कम चलेको उहाँको भनाई छ । हिजो पनि प्रहरीले राजमार्गमा रोकिएर रहेका २ सय ५० गाडि स्कर्टिङ गरी गन्तब्यमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु