Skip to content
Friday, July 17, 2026 Nepali Online Media

देउसीभैलो खेल्ने क्रममा झडप: नौ घाइते, १० पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक २३, खजुरा (रासस) </b>| बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् ।&nbsp;<br></p><p>गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्रणमा लिएको थियो ।&nbsp;</p><p>झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् । उक्त गाउँका युवाले मदिरासँगै लागुऔषधसमेत सेवन गरी बेलाबेलामा स्थानीयवासीलाई दुःख दिने गरेको गाउँका अगुवाहरूले बताए ।&nbsp;</p>