२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एकै दिनमा ७ लाख राजश्व संकलन

१७ आश्विन २०७२, आईतवार १०:२१

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । देउखुरी उद्योग वाणिज्य संघ र आन्तरीक राजश्व कार्यालय तुलसीपुरको समन्वयमा शनिवार लमहीमा राजश्व कार्यालयको कर असुली घुम्ति शिविरमा एकै दिनमा करिव सात लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत वासुदेव नेपालको नेतृत्वमा खटीएको पाँच सदस्यीय घुम्ति टोलीले एकै दिन करिव सात लाख रुपैयाँ राजश्व संकलन गरेको हो । सो अवसरमा कर विवरण संकलन, मदिरा ईजाजत पत्र वितरण तथा नविकरण र अस्थाई प्यान नं. वितरण गरिएको राजश्व कार्यालयका नायव सुब्वा राजिव पोख्रेलले जानकारी दिनुभयो ।

ब्यापारीहरुको सजिलोकालागी देउखुरी उद्योग वाणिज्य संघले लमहीमा राजश्व कार्यालयको घुम्ति टोलीलाई लमहीमा वोलाएको संघका अध्यक्ष शोभाकर घिमिरेले जानकारी दिनुभयो । लामो वन्दका कारण तुलसीपुर जान नपाएका ब्यापारीहरुको सेवा लिन घुम्ती शिविरमा भिड लागेको थियो ।
आय विवरण २ सय ३५ जनाले वुझाएका छन् । नयाँ प्यानमा २८ वटा ब्यवसाय दर्ता भएको वाणिज्य संघका कार्यालय सचिव भेषराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा