<p><b>चिसाङ शेर्पा | कात्तिक २३, खोटाङ</b> | खोटाङको दिक्तेलबजारमा विधुत सर्ट भएर आगलागी हुंदा दुई घर पुर्णरुपमा जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कमा गएराती आगलागी हुंदा अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको छ ।<br></p><p>गएराती साढे तीनवजेबाट बिहान करीव साढे पाँजवजेसम्म आगो नियन्त्रणमा आउदा स्थानीय राजु श्रेष्ठ, रविध्वज राई र पेले गुरुङको घरमा आशिंक क्षति पुगेको छ । पुर्णरुपमा क्षति पुगेको दुइ घर सहित अन्य घरको क्षतिको विवरण आँउन वाँकी रहेको प्रहरीले जानकारी दिएको छ । </p><p>जिल्लामा अग्नि नियन्त्रक वारुण यन्त्र नहुंदा आगो नियन्त्रण गर्न समस्या भएको थियो । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासीले खानेपानीको पाईप काटेर बाल्टीमा पानी वोकेर दुइ घण्टामा आगो नियन्त्रयणमा लिएको थियो । </p>
November 9, 2018
खोटाङ्ग - KTG, समाज
दिक्तेलमा आगलागी हुंदा दुई घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति
समाचार सेयर गर्नुहोस्
By साझासवाल
2 मिनेट पढाइ
