२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सर्वहित सहकारीको साधारणसभा सम्पन्न

३० आश्विन २०७२, शनिबार १३:२५

sarwahit sahakari

सन्तोषकुमार गुप्ता । असोज ३०, भालुवाङ्ग । सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया ६ मौरीघाटको तेस्रो वार्षिक साधारण सभा शनिवार मौरीघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दयाराम चौधरीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रिय महासंघ नेपालकी लेखा समिति सदस्य हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको सभामा सम्पन्न भएको हो ।

सभामा संस्थाका सचिव जागेन्द्र चौधरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र थारु चौधरीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक शिउकुमार चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चारको क्षेत्रमा रही महत्वपुर्ण योगदान पु¥याएको भन्दै सञ्चारकर्मी ओमप्रकाश गुप्ता सहित ७ जना व्यक्तित्वहरु सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा असल सञ्चालक संस्थाका अध्यक्ष दयाराम चौधरी, जेष्ठ नागरिक विन्दु चौधरी, असल कर्मचारी प्रभा चौधरी, असल बचत कर्ता कृष्णगोपाल चौधरी, असल ऋणी सुसिल चौधरी र असल बाल बचतकर्ताहरु सुदिप चौधरी, सुदन चौधरीलाई प्रमुख अतिथिले सम्मान पत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो भने कार्यक्रममा ४ ओटा बाल समुहहरु लाई ३/३ थान गुन्द्रो र १/१ पिस क्याल्कुलेटर समेत प्रदान गरिएको थियो ।

संस्थाकी उपाध्यक्ष उमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी, प्रभात बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष सनिराम चौधरी, नव प्रतिभा कृषक सहकारी संस्था बगरापुरका सचिव हरिचन्द्र चौधरी, समाज सुधार कृषि समुहका सचिव प्रेमबहार केसी, साना व्यापारी समुह मौरीघाटका अध्यक्ष बेगमबहादुर बस्नेत, नयाँ समाज कृषि सहकारी संस्थाका अध्यक्ष हनुमान चौधरी, सञ्चा।कर्मीहरु सन्तोषकुमार गुप्ता, कमल गिरी र ओमप्रकाश गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चौधरीले गरेका थिए ।

sarwahit sahakari 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा