2026-08-25 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

खोप लगाउनु त यसरी …

विष्णु नेपाल | कात्तिक २७, मोरङ | “खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन । 

किन त ? “उहाँ खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले खोपको मात्र दिनुहुन्छ । जति हल्का रुपले खोप दियो बालबालिकालाई दुःखाइ कम हुने रहेछ । खोप लगाउँदा नदुखाउने उहाँको अनौठो कला र सीप छ” अभिभावक एकैस्वरमा भन्दछन् । 

करीब ३२ वर्षको अवधिमा भ्याक्सिनेटर घिमिरेले लगाएका खोपले बालबालिकालाई कुनै सङ्क्रमण हुन पुगेको छैन । “मैले स्वास्थ्य मन्त्रालयबाट खोप तालीम लिई विसं २०४२ को अन्त्यतिरबाट खोप लगाउन शुरु गरेको हुँ । यस अवधिमा करीब करीब १५ लाखभन्दा बढी पटक बालबालिकालाई खोप लगाइसकेँ । आजसम्म मेरो बालबालिकालाई सङ्क्रमण भयो भनेर क्लिनिकमा अभिभावक आउनुभएको छैन ।” नेपाल परिवार नियोजन सङ्घ, मोरङ शाखाद्वारा सञ्चालित परिवार स्वास्थ्य क्लिनिकमा कार्यरत घिमिरेले भन्नुभयो । 

उहाँले क्लिनिकमा सेवा दिन थाल्नुभएको ३३ वर्ष बित्नलाग्यो । उहाँको हातबाट खोप लगाउन क्लिनिकमा अहिले अभिभावकको भीड लाग्ने गर्दछ । विराटनगर जतुवाबाट आफ्नी नातिनीलाई खोप लगाउन आएकी शान्ति राजवंशी भन्दछिन् “मैले मेरो छोरालाई पहिला यही सुई (खोप) लगाएको थिए । त्यतिबेला केही भएन । अहिले नातिनीलाई पनि सुई लगाएँ । सुई डाक्टरले सुई हाल्दा नानी धेरै रुन्नन् । सुई दिएको ठाउँमा पाक्दैन । सुनिँदैन ।” 

बालबालिकालाई खोप सेवा लिन आउने प्रायः अभिभावक दोस्रो पुस्ताका बढी भेटिएका थिए । खातुन परिवारबाट पहिलो नर्स बनेकी विराटनगर शान्तिचोककी अप्सरा खातुन निजी अस्पतालमा सेवा गर्दछिन् । “सासू आमाले मेरो श्रीमान्लाई यही खोप लगाउनुभएको रहेछ । अहिले यहाँ जाउ भन्नुभयो । छोरालाई खोप लगाए । निजीको भन्दा सेवा छिटो छ” उहाँले भनिन् । 

सङ्घले खोप सेवाका साथमा सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा प्रदान गर्दै आएको छ । सङ्घ यी सेवा दिने जिल्लाको सबैभन्दा पुरानो र लोकप्रिय गैरसरकारी सस्था हो । क्लिनिकमा कार्यरत चिकित्सक ऋतु चौधरीका अनुसार ती सेवा लिन प्रायः सेवाग्राही अन्यत्र जाँदैनन् । क्लिनिकमा सेवा लिन दैनिक भीड लाग्ने गर्दछ । 

सङ्घका जिल्ला शाखा व्यवस्थापक शङ्कर दाहाल भन्नुहुन्छ, “खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा गुणस्तरीय र छिटो दिन्छाँै । सेवाग्राहीको सन्तुष्टि पहिलो प्राथमिकतामा छ ।” 

बालबालिकालाई खोपका साथमा भ्याक्सिनेटर घिमिरेले महिलालाई परिवार नियोजनको तीन महीने सुई तथा गर्भवती महिलालाई धनुष्टङ्कार तथा भ्यागुते रोगविरुद्धको टिडी खोप सेवा दिँदै आउनुभएको छ । “मानवीय सेवाभन्दा ठूलो धर्म अरु केही छैन । मैले पैसाभन्दा सेवालाई उच्च सम्झेको छु । मेरो कामले अभिभावक खुशी र सन्तुष्ट हुनुहुन्छ । सम्मानले हेर्नुुहुन्छ । यही ठूलो कमाइ होइन र ?” उहाँले भन्नुभयो । 

दुई वर्षभित्रका बालबालिकालाई क्षयरोगविरुद्धको बिसिजी, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने क्वेक्टे रियल मेनिनन्जाइटिस र निमोनियाविरुद्धको डिपिटी र हेपाटाइटिस बी हिव, पोलियोमाईलाइटिस विरुद्धको पोलियो(ओपिभि), निमोनियाविरुद्धको पिसिभी, दादुरा रुबेला, जापानी इन्सेफलाइटिसलगायतका १० प्रकारका खोप अनिवार्य लगाउनुपर्छ । बिसिजी खोप दाहिने हातको मासुभित्र, डिपिटी र पिसिभी देब्रे तिध्राको माथिल्लो भागमा लगाइन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकताको कार्यक्रमभित्र खोप, सुरक्षित गर्भपतनलगायत परिवार नियोजनका कार्यक्रम पर्दछ । प्रदेश नं १ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत तोयनाथ घिमिरे सरकारी निकायको समन्वयमा सङ्घले प्रदान गर्ने गरेका स्वास्थ्य सेवाको योगदान उच्च रहेको बताउनुहुन्छ । 

“खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनजन सेवामा सङ्घले जन विश्वास आर्जन गरिसकेको छ । आगामी दिनमा सरकारले सङ्घसितको सहकार्यलाई अझ बलियो बनाउँछ”, उहाँले भन्नुभयो । 

अर्काेतर्फ विराटनगर महानगरपालिकाले आर्थिक अभावमा अकालमा कसैले मृत्युवरण गर्न नपरोस् भन्ने मुख्य ध्येयका साथमा आफ्ना स्वास्थ्यका कार्यक्रम अगाडि बढाएको छ । महानगरभित्र दुई स्थानमा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र आफैँले सञ्चालनमा ल्याउन गृहकार्य अगाडि बढाएको छ । १५÷१५ श्यया क्षमताका केन्द्रका सबै सेवा निःशुल्क हुने जनाएको छ । यसका लागि रु चार करोड विनियोजन भएको महानगरप्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार महानगरपालिकाभित्र रहेका २१ वटा सुत्केरी सेवा केन्द्र (वर्थिङ सेन्टर) लाई थप उपकरण, जनशक्ति तथा औषधि क्षमतायुक्त तथा नेपाल परिवार नियोजन सङ्घसितको सहकार्यका खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजन सेवाको पहुँच पुर्याइने छ । “यी सेवा दिने पुरानो संस्था सङ्घ हो, उसको क्षमता विस्तार पनि महानगरपालिकाले सहयोग गर्छ” उहाँले भन्नुभयो । 

महानगरपालिकाले स्वास्थ्य संस्थामा नै गर्भवती परीक्षण गराई सुत्केरी भई छोरी जन्मिएमा रु तीन हजार तथा शिक्षाका लागि छोरीलाई अध्ययन गराउन रु २५ हजार नगद सहयोगको शुरुआत गरेको छ तर यसका लागि महानगरपालिकाको एउटै शर्त छ, महिलाले २० उमेरपछि मात्र बच्चा जन्माउनुपर्छ । 

विराटनगर आँखा अस्पतालको सहकार्यमा महानगरपालिकाले निःशुल्क आँखा उपचार सेवा शुरुआत गरिसकेको छ । उपप्रमुख इन्दिरा(इन्दु) कार्कीले भन्नुभयो “महानगरपालिकालाई मोतियाबिन्दुरहित बनाउँछौँ, हरेक विद्यालय तथा समुदायमा पुगी निःशुल्क आँखा जाँच गरी उपचार गर्छाैं ।” 

उहाँका अनुसार महानगरपालिकाले महानगरभित्रका सरकारी तथा निजी सबै विद्यालय अनिवार्य छात्रा मैत्री शौचालय हुनुपर्ने व्यवस्था लागू गरिसकेको छ । साथै छात्राका लागि निःशुल्क स्यानेटरी प्याडको व्यवस्था मिलाएको छ । “विराटनगरका सडकलाई चिल्ला पार्ने अभियानमा छौँ, चिल्ला सडकमा हिँड्ने नगरवासीको स्वास्थ्य अवस्था सुदृढ पार्दैछौँ” प्रमुख पराजुलीले भन्नुभयो । 

निजी क्षेत्रका स्वास्थ्य सेवा (श्ययासहित अन्य सेवा) दश प्रतिशत निःशुल्क हुनुपर्ने प्रावधानलाई महानगरपालिकाले कठाइका साथ अनुगमन तीव्रता बनाएको छ । अर्काेतर्फ महानगरपालिकाभित्र स्वास्थ्य महाशाखाको नेतृत्व १० तहका चिकित्सकबाट हुनुपर्नेमा अधिकृत स्तरबाट भइराखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन