२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा फिरी लगाउने परम्परा हराउँदै

२७ कार्तिक २०७५, मंगलवार ०७:२९

कात्तिक २७, बेत्रावती | परम्परागत रुपमा फिरी लगाएर घरको ‘सह’ जगाउने योगीको पेशा पछिल्लो समय नुवाकोटमा लोप हँुदै गएको छ । नेपाली लोकबाजा ‘फिरी’ बजाएर कात्तिक र चैत महीनामा दान थाप्दै हिँड्ने सांस्कृतिक तथा परम्परागत पेशा फिरी लगाउने कार्य नया“ पुस्ताले निरन्तरता दिन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । 

जरायोको सिङबाट बनेको लोकबाजा फिरी बजाएर पेशालाई निरन्तरदा दिँदै आएका योगीनाथ आफ्नो भक्तका घरमा आउन नै छाडेको किस्पाङ गाउँपालिका–२ फिकुरीका वडाध्यक्ष देवनाथ भट्टले बताउनुभयो । 

उहाँको अनुसार पुख्र्यौली सम्पत्तिजस्तै गरी भक्तका घरलाई योगीका सन्ततिले भाग लगाएर कात्तिक र चैत महीनामा घरघरमा पुगी सह जगाउने परम्परा भए पनि अहिले धेरै स्थानमा योगीले फिरी लगाउन जान छाडिसकेका छन् । 

गोरखनाथका भक्तका रुपमा चिनिने योगीले मन्त्र पाठ गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने विश्वास छ । अहिलेका पुस्ता योगी बन्न कान छेडेर कानफटा लगाउन रुचि नदिनु र मन्त्रपाठ ध्यान गर्न नचाहनुले मौलिक संस्कृति हराउँदै गएको लिखु गाउँपालिका–१ का ६९ वर्षीय दुर्गानाथ योगीले बताउनुभयो । 

“परम्परालाई निरन्तरता दिन गाह्रो भइसक्यो ।” उहाँले भन्नुभयो, “घर धेरै छन्, पूरा मन्त्र पढ्न र दान थाप्न नै भ्याइन्न, सन्तानले पनि सहयोग गर्दैनन् ।” अघिल्लो रात फिरी लगाउने र भोलिपल्ट दान थाप्दै हिँड्ने योगीलाई भक्तले घरमा सह जाग्ने, भूतप्रेत तथा पिचासले दुःख नदिने विश्वासमा दान दिने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य