2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अग्नी पीडितलाई दिक्तेल बहुमुखी क्याम्पसको सहयोग

चिसाङ शेर्पा | कात्तिक २७, खोटाङ | अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । दिक्तेल बहुमुखी क्याम्पसले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित रत्नपार्कका अग्नी पीडित तीन जनालाई आर्थिक सहयोग गरेको हो ।

कार्तिक २३ गते बिहान लागेको आगोले घर सहित सम्पुर्ण जलेर बिचल्लीमा परेका कृष्ण कुमार श्रेष्ठ र जानुका बुढाथोकी(अम्बिका÷अस्मिताकी आमा)लाई जनही दश हजार र अर्का अग्नी पीडित रमेश कुमार खत्रीलाई पाँच हजार नगद सहयोग गरिएको दिक्तेल बहुमुखी क्याम्पसका लेखापाल चुडा बहादुर कार्कीले जानकारी दिए । अग्नी पीडितहरुलाई सोमबार रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रमा दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष देविप्रसाद रिजाल, सहायक क्याम्पस प्रमुख, प्राध्यापक तथा कर्मचारीहरुले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

यस्तै, सोही दिन खोटाङ उधोग बाणिज्य संघ र सिद्धलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना साधारण सदस्य अग्नी पीडितलाई राहत रकम सहयोग गरेका थिए । बाणिज्य संघले अग्नी पीडित कृष्ण कुमार श्रेष्ठलाई २ लाख ९१ हजार र सिद्धलक्ष्मीले अग्नी पीडित रमेश कुमार खत्री र अग्नी पीडित श्रेष्ठका श्रीमती भावनादेवी श्रेष्ठलाई जनही ७ हजार ५ सय रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो ।   

 

आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका÷अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई