२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया गाविस सचिव भण्डारीको बिदाई

८ कार्तिक २०७२, आईतवार ११:३५

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । बिगत दुई बर्ष देखि लालमटिया गाविस सचिवमा कार्यरत हिरालाल भण्डारीको जिल्ला विकास समिती डढेलधुरामा सरुवा भएको छ ।

sachib

संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले भदौ ३० गते भण्डारीलाई जिल्ला विकास समिती डढेलधुराको योजना अनुगमन तथा प्रशासकिय अधिकृतमा तीन महिनाका लागि काजमा पठाएको हो । भण्डारी गत २०७० माघ १० गते लोक सेवा आयोग राप्ती अञ्चल कार्यालयको शाखा प्रमुखबाट सरुवा भएर लालमटिया गाविसको शाखा अधिकृतको रुपमा आउनु भएको थियो ।

यसैबीच सरुवा भएर जाने लालमटिया गाविस अधिकृत तथा गाविस सचिव हिरालाल भण्डारीलाई आईतबार गाविस कार्यालय भवन मसुररियामा एक कार्यक्रमका बीच बिदाइृ समेत गरिएको छ । भण्डारीलाई गाविस बोर्ड सदस्य तथा लालमटिया स्वास्थ्य चौकी इन्चार्ज नवराज न्यौपानेले टिका तथा फुलमाला लगाउनुका साथै गाविसका प्राविधिक ऋषिकेस क्षेत्रीले मायाको चिनो प्रदान गरी बिदाई गरिएको हो ।

गाविसकी समाजिक परिचालिका सन्तोषी चपाईको स्वागत मन्तव्यबाट शुरु भएको बिदाई कार्यक्रममा नेपाली काँग्रेसका नुमान्नद सुवेदी, नेकपा एमालेका शोभाकर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, नेकपा—माओवादीका गणेश केसी, नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, लालमटिया गाविस बोर्ड सदस्य तथा लालमटिया स्वास्थ्य चौकी इन्चार्ज नवराज न्यौपाने, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल, लालमटिया गाविस स्तरिय कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, सामुदायिक मेलमिलाप केन्द्रकी संयोजक तुलसा गिरी, समाजसेवी युवराज न्यौपाने, उत्तम अधिकारी, युवा अधिकारकर्मी बाबुराम अधिकारी, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, सन्तोषकुमार गुप्ता र कमल गिरी लगायतका बक्ताले बिदाई मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहर्जीकरण गाविसका सहायक लेखापाल रेशमराज अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो