२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नाकावन्दीले दाङ् उपभोग्य बस्तको अभाव

१४ कार्तिक २०७२, शनिबार १८:२०

dang mahangi

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । तिहारको मुखमा ब्यापारीहरु सटर बन्द गरेर बस्नु पर्ने अबस्था आएको छ । भारतिय नाकाबन्दीका कारण दैनिक उपभोग्य बस्तुहरुको आयातमा कमी आए पछि अहिले बजारमा उपभोग्य बस्तु तथा सामानहरुको चरम अभाब भएको छ । जति सामानहरु स्टकमा छन, त्यसको पनि छोई नसक्नुको मुल्य छ ।

एकातिर पेट्रोलिम पदार्थको चरम अभाब त छदैछ । त्यसमा पनि उपभोग्य बस्तुहरुको अभाब भएपछि समस्या भएको बताउनु हुन्छ गल्ला तथा खुद्रा ब्यापारी उपेन्द्र खड्का । नाकाबन्दी अगाडी सात सय रुपैंया पर्ने सिमेण्टको बोराको मुल्य अहिले ७ सय ५० रुपैंयासम्म पर्ने गरेको छ । ७० रुपैंया पोका तेलको मुल्य एक सय पाँच रुपैंया सम्म पुगेको उपभोक्ताहरु बताउँछन् । यस्तै सामान ढुवानीमा लाग्ने भाडा ५० प्रतिशतले बृद्धि भएको छ । बजारमा चिनी, दाल, चामल लगाएतका उपभोग्य बस्तुको मुल्य पनि १५ देखि ५० प्रतिशतले बृद्धि भएको ब्यापारीहरुले नै बताएका छन । सामानहरु नै सकिएपछि यसपालीको तिहार अहिले सम्मकै महंगो तिहार उहाको खड्काको भनाई छ । सामान भए मात्रै मुल्य बढाउन सकिने भन्दै अहिले नाकाबन्दीका कारण सामानहरुको नै अभाब भएको र तिहार मनाउने सामान पनि नभएको उहाले बताउनु भएको छ । लामो समय देखिको नाकाबन्दीका कारण बजारमा उपभोग्य बस्तुहरुको आपुर्ति र मुल्य समायोजनको विषयम दाङ जिल्लाा उद्योग बाणिज्य संघले चासो दिदै आएको छ । तर बस्तु आपुर्ति गर्नेहरु बाटै सामानको मुल्य आकासिय पछि त्यस्ता सामानहरु कसरी खरिद गर्ने र उपभोक्ताहरु माझ पुर्याउने भन्ने बारेमा छलफल भैरहेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले बताउनुभयो । चर्को मुल्य तिरेर जिल्लामा सामान नै भित्राउन समस्या भएको बन्जाडेको भनाई छ ।

यस्तो अबस्थामा जिल्लाको प्रशासन कार्यालयले पनि सोचे अनुरुपको काम गर्न सकेको छैन । पेट्रोलियम पदार्थमा भैरहेको चरम लापरबाहीको न्युनिकरणमा याक्सन लिएको प्रशासनले ठोस उपलब्धी हासिल गर्न सकेको छैन । यसै त चार्डबार्डमा उपभोग्य बस्तुको कालोबजारी रोक्न समस्या हुदै आएको बेला पेट्रोलियम पदार्थमा भएको कालोबजारी र मिसावट नै अहिले प्रशासनको प्राथमिकतामा परेको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले अनुगमन टोलीले पहिले पेट्रोलियम पदार्थको कालोबजारी निन्त्रणमा पहिलो चासो दिने भन्दै अन्य उपभोग्य बस्तुहरुमा भैरहेको कालो बजारीमा पनि अनुगमन हुने उहाले बताउनु भएको छ । साथै उहाले कालो बजारी नियन्त्रणका लागि नागरीक स्तरबाट पनि सुचना प्रबाह गरेर सहयोग गर्न उहाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता