२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका नयाँ सिडियो, एलडियो र जिशिअका योजना: नागरिकलाई प्रभावकारी सेवा दिने

२०७२, ५ चैत्र शुक्रबार ०२:५६

Akadev adhikariपूर्णप्रसाद न्यौपाने/चैत ५, ओखलढुंगा ।
नागरिक सेवालाई प्रभावकारी बनाउने ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनु भएको छ

भर्खरै ओखलढुंगाको प्रमुख जिल्ला अधिकरीको जिम्मेवारी
सम्हाल्नु भएका अधिकारीले पदिय दायित्व निर्वाह गर्दै नागरिक सेवालाई प्रभावकारी बनाउने बताउनु भएको हो
। ‘म धेरै कुरा गर्छु भन्दिन तर प्रमुख जिल्ला अधिकारीले के के गर्नुपर्ने हो त्यो काम जिम्मेवार भएर
गर्छु’ प्रजिअ अधिकारीले भन्नुभयो‘शुसासन र पारदर्शीता कायम गर्दै निकायगत जिम्मेवारी र उत्तरदायित्वलाई
अझ प्रबद्र्धन गर्नेछु’ विगतमा सुरु भएका र आवश्यक देखिएका कामहरु जिम्मेवार निकायहरुसँगको सहकार्यमा
अगाडि बढाउने आफ्नो योजना रहेको उहाँको भनाई छ ।

त्यस्तै भर्खरै
आउनु भएका स्थानिय विकास अधिकारी यज्ञबहादुर खत्रीले विकासमा विभेद नगर्ने बताउनु भएको छ । ‘मेरो गृह
जिल्ला पनि र यस अघि मैले पटक पटक काम गरिसकेको ठाँउ हो ओखलढुंगा’खत्रीले भन्नुभयो‘वास्तविक उपभोत्ता
माझ पुगेर उपभोत्ता समितिलाई सकृय र जिम्मेवार बनाउने मेरो योजना छ ।’ निर्देशिकले गरेको निर्देशन
अनुसार विकास बजेट विनियोजन गर्ने र सोहि अनुसार काम भए नभएका विषयमा अनुगमन गर्ने उहाँको भनाई छ ।
जिल्ला बासी खत्रीले यसअघि पनि स्थानिय विकास अधिकारी भएर जिल्लामा काम गरिसक्नु भएको थियो ।

यसैविच जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापाले पनि जिल्लाको शैक्षीक
विकास र गुणस्तर सुधारका लागि काम गर्ने बताउनु भएको छ । करिब एक महिना अघि जिल्ला शिक्षा अधिकारीको
जिम्मेवारी लिएर आउनुभएका थापाले विगतमा सुरु भएका कार्यक्रम र योजनालाई समय सापेक्ष बनाउँदै अघि बढ्ने
बताउनु भएको हो । ‘म एक्लैले केहि गर्ने भन्ने होईन सबैको साथ र सहयोगमा हुने कामको म नेतृत्व गर्छु’
थापाले भन्नुभयो ‘विसं.७३ मिसन ७५ को अभियान सञ्चालनमा रहेछ, उक्त अभियानको अहिले सम्मको प्रगतीको
समिक्षा गर्दै थप योजना बनाएर अघि बढ्छु ।’

एसएलसी र जिल्ला
स्तरीय परीक्षा मर्यादित बनाउने तथा भूकम्प प्रभावित विद्यालयको शैक्षीक विकासमा देखिएको समस्या समाधान
गर्ने काम आफ्नो पहिलो काम हुने उहाँको भनाई छ । आफ्नो कार्यकालमा केहि नयाँ र रोचक काम गरेर जनपक्षीय
प्रशासक बन्ने रहर प्राय सबै प्रशासकहरुमा हुन्छ ।

ओखलढुंगा
आउने सबैजसो प्रमुख जिल्ला अधिकारीले केहि न केहि नयाँ र उपलब्धी मुलक काम गर्ने गरेका धेरै उदाहरणहरु
छन् । तर एउटाले सुरुवात गरेको काम उ सरुवा भएपछि आउने अर्कोले निरञ्तरता नदिँदा केहि अतिआवश्यक मानियका
कामहरु समेत प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला