२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुरमा मात्रै साढे ६ हजार कण्डम बितरण

१५ कार्तिक २०७२, आईतवार ०७:४६

सन्तोषकुमार गुप्ता, कार्तिक १५, दाङ । दाङको तुलसीपुरमा साढे ६ हजार कण्डम बितरण गरिएको छ । २१ औं राष्ट्रिय कण्डम दिवसका अवसरमा नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र तुलसीपुरले नयाँ बस पार्कमा कण्डम बितरण गरेको हो ।

condom
कार्यक्रम स्थलमा स्टेज निर्माण गरेर कण्डम फुलाएर ठाउँठाउँमा झुण्ड्याइएको थियो, भने टेबुलभरि पनि कण्डम फिजाएर राखिएको थियो । कण्डम बितरण गर्न महिला स्वास्थ्यकर्मी बढी मात्रामा परिचालन गरिएको थियो । अस्थायी परिवार नियोजनका लागि पिल्स, तीनमहिने सुई जस्ता अस्थायी साधनहरु बजारमा भए पनि नि स्वास्थ्यका दृष्टिकोणले कण्डम नै राम्रो भएकाले प्रयोग गर्ने गरेको नारयणपुरका विकास केसीले बताउनुभयो ।

बसपार्कमै भएकाले विभिन्न ठाउँबाट बजार आएका ग्रामीण भेगका कतिपय महिलाहरुले सोबाटो भएर ओहरदोहर गर्दा लजाएर मुखछोपेर हिड्ने गरेका थिए । सुरक्षीत यौन सम्पर्कका लागि कण्डम उपयुक्त साधन भएकाले यसको महत्व दर्साउन प्रत्येक वर्ष कण्डम दिवस मनाउने गरिएको केन्द्रका गणेश भण्डारीले बताउनुभयो । यसको प्रयोगले गर्भ रोक्नेदेखि एड्स तथा यौन रोगबाट समेत बच्न सकिने भएकाले यो साधन उपयोगी भएको उहाँले बताउनुभयो । सुरक्षीत यौन सम्पर्क नगरेकै कारण दाङमा अहिले २ सय १० जना एचआइभी संक्रमित भएको केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली