२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा जीप दुर्घटना अपडेटः दुईको मृत्यु, १७ घाइते (नामावलीसहित)

१ मंसिर २०७५, शनिबार ०९:३५

मङ्सिर १, अमरगढी | डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

आज भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र भागेश्वर गाउँपालिका–३ का गाडी धनी ४५ वर्षीय दीपेन्द्र शाहीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । 

दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइते हुनेमा भागेश्वर गाउँपालिका–३ का तीन वर्षीय एलकस नागरी, पाँच वर्षीया अपेक्षा शाही, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, ५० वर्षीय शिवी सार्की, धनगढी उपमहानगरपालिका–१४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड–४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीया शर्मिला अवस्थी, बैतडी शिवनाथका ३० वर्षीय सिद्ध महता, काठमाडाँै ज्ञानेश्वर–३० की अशोक कुँवर (थापा), बैतडी मेलौली–८ बस्ने १८ वर्षीया लक्ष्मी विष्ट रहेका छन् । 

घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते बैतडीको मेलौली–८ बस्ने १८ वर्षीया गौरी विष्टलाई धनगढी पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा