२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपचार गर्न नसकेर मृत्यु कुर्दै नेपालीः भाग्यमानी ग्रुपद्धारा सहयोग

२०७५, १ मंसिर शनिबार १४:१५

प्रेम सुनार | मङ्सिर १, बुटवल । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ राजा लेतुङ्गाका ४० बर्षिय गंगाबहादुर नेपाली गत एक बर्ष देखि क्यान्सर रोगको उपचार गर्ने रकम नहुदा मृत्यु कुर्न बाध्य हुनु परेको छ ।   २६ महिना सम्म कतारको मजदुरी गरेर फर्के पछि  गरिबीबाट मुक्त हुने सपना साँचेका नेपालीलाई  घर आए पछि क्यान्सर विमारले छोया र त्यो सपना चकाननचुर हुन पुग्यो ।

दुई सन्तान र श्रीमति बसन्ती नेपाली यति बेला रुवावासी गर्दै सवै संग सहयोगको  याचाना गर्दै हिडेकी छन  । पिडित नेपालीलाई गौडाकोट, राजा, विरबास लगायतका स्थानमा पुर्खेयौली घर भई बुटवलमा बस्ने बाल्यकालका विद्यार्थी साथीहरुले खोलेको फेशबुक पेज  भाग्यमानी  ग्रुप मार्फ त सहयोग अभियान छेडेर  १ लाख ८२ हजार नगद सहयोग हस्तान्तरण गरेका छन ।

सहयोग गर्नेहरुमा रोहीत भुसाल बुटवल ३५ हजार, विरवल शर्मा बुटवल ३० हजार,  कविता शाह काठमाण्डौ  २० हजार, सुर्य सुवेदी बुटवल १० हजार,  त्यति नै रकम कमल अर्यालय बुटवल, राजु कार्की गौंडाकोट, युकेमा कार्यरत मुकुन्द रजाली, सोही स्थानमा कार्यरत लोकेन्द्र पुवारे मगर र लोकेन्द्र पुवारे मगर, अमेरिकामा कार्यरत भास्कर खनाल, कोरियामा कार्यरत माधव कँडेल रहेका छन ।


त्यस्तै सोही स्थानमा कार्यरत क्रमशः ५ हजारका दरले तम्घासबाट नविन सारङ्गकोटी विरवारबाट थम्मन घिमिरे र राजा  पुर्खेबाट तेजबहादुर सुवेदीले उक्त सहयोग गर्नु भएको छ । लालमोहन स्वर्णकार र रुपन्देही मुर्गियाबाट मित्र भुसालले पनि सहयोग गरेका छन ।  उनको उपचार भरतपुर अस्पतालमा भई रहेको अबस्थामा  पैसा नभए पछि अस्पतालले निकालेर घर पठाएको त्यो परिवारले बतायो । ।  पिडितकी श्रीमति बसन्तीले श्रीमानको मृत्यु कुर्नु सिवाय आफ्नो अरु कुनै उपाय नभएको भन्दै भक्कानो छाड्दै भनिन–‘ जति सक्नु हुन्छ उति सहयोग गरेर मेरो श्रीमानलाई बाचर्य दिनुस ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता