२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपचार गर्न नसकेर मृत्यु कुर्दै नेपालीः भाग्यमानी ग्रुपद्धारा सहयोग

१ मंसिर २०७५, शनिबार १४:१५

प्रेम सुनार | मङ्सिर १, बुटवल । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ राजा लेतुङ्गाका ४० बर्षिय गंगाबहादुर नेपाली गत एक बर्ष देखि क्यान्सर रोगको उपचार गर्ने रकम नहुदा मृत्यु कुर्न बाध्य हुनु परेको छ ।   २६ महिना सम्म कतारको मजदुरी गरेर फर्के पछि  गरिबीबाट मुक्त हुने सपना साँचेका नेपालीलाई  घर आए पछि क्यान्सर विमारले छोया र त्यो सपना चकाननचुर हुन पुग्यो ।

दुई सन्तान र श्रीमति बसन्ती नेपाली यति बेला रुवावासी गर्दै सवै संग सहयोगको  याचाना गर्दै हिडेकी छन  । पिडित नेपालीलाई गौडाकोट, राजा, विरबास लगायतका स्थानमा पुर्खेयौली घर भई बुटवलमा बस्ने बाल्यकालका विद्यार्थी साथीहरुले खोलेको फेशबुक पेज  भाग्यमानी  ग्रुप मार्फ त सहयोग अभियान छेडेर  १ लाख ८२ हजार नगद सहयोग हस्तान्तरण गरेका छन ।

सहयोग गर्नेहरुमा रोहीत भुसाल बुटवल ३५ हजार, विरवल शर्मा बुटवल ३० हजार,  कविता शाह काठमाण्डौ  २० हजार, सुर्य सुवेदी बुटवल १० हजार,  त्यति नै रकम कमल अर्यालय बुटवल, राजु कार्की गौंडाकोट, युकेमा कार्यरत मुकुन्द रजाली, सोही स्थानमा कार्यरत लोकेन्द्र पुवारे मगर र लोकेन्द्र पुवारे मगर, अमेरिकामा कार्यरत भास्कर खनाल, कोरियामा कार्यरत माधव कँडेल रहेका छन ।


त्यस्तै सोही स्थानमा कार्यरत क्रमशः ५ हजारका दरले तम्घासबाट नविन सारङ्गकोटी विरवारबाट थम्मन घिमिरे र राजा  पुर्खेबाट तेजबहादुर सुवेदीले उक्त सहयोग गर्नु भएको छ । लालमोहन स्वर्णकार र रुपन्देही मुर्गियाबाट मित्र भुसालले पनि सहयोग गरेका छन ।  उनको उपचार भरतपुर अस्पतालमा भई रहेको अबस्थामा  पैसा नभए पछि अस्पतालले निकालेर घर पठाएको त्यो परिवारले बतायो । ।  पिडितकी श्रीमति बसन्तीले श्रीमानको मृत्यु कुर्नु सिवाय आफ्नो अरु कुनै उपाय नभएको भन्दै भक्कानो छाड्दै भनिन–‘ जति सक्नु हुन्छ उति सहयोग गरेर मेरो श्रीमानलाई बाचर्य दिनुस ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता