२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

चार वर्षसम्म पनि टहरामै बास

२०७५, ३ मंसिर सोमबार १०:०१

मीना घोरसाइने | मङ्सिर ३, काभ्रेपलाञ्चोक | जस्ता पाताले बारिएको टहराभित्र पनि ससाना दुईवटा कोठा छन् । एउटा कोठाभित्र तीनवटा खाट र अर्काभित्र एउटा खाट र एउटा कुनामा यत्रतत्र छरिएका भाँडा र अगेना छ । सँगै दुई भैँसी, दुई पाडापाडी र चार बाख्रा बाँधिएको गोठ देख्न सकिन्छ । 

यो मण्डनदेउपुर नगरपालिका–२ स्थित लुवा गाउँका ६० वर्षीय आइते तामाङको घर हो । भूकम्प गएको चार वर्ष बितिसक्न लाग्दा पनि अझै आइतेको परिवारले पक्की घर बनाउन सकेको छैन । उहाँ भन्नुहुन्छ, “घर बनाउन त सोचेको तर आर्थिक स्रोत बलियो नभएर नै बनाउन सकेको छैन । अस्थायी टहरामै चार वर्ष बित्न लाग्यो ।” सरकारले भूकम्प पीडितका लागि दिएको पहिलो किस्ताबापतको रु ५० हजार रकम लिएपनि घरखर्च चलाउँदैमा सकिएको उहाँले बताउनुभयो । घर बनाउन शुरु गर्न नसकेकाले दोस्रो किस्ता लिन नसकेको उहाँको भनाइ छ । 

विसं २०७२ वैशाख १२ को पहिलो भूकम्पले नै आइतेको घर ढालिदिएपछि उहाँको पाँच जनाको परिवार अस्थायी टहरामा बसोवास गर्दै आएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पटक÷पटक घर निर्माणका लागि म्याद थपिसक्दा पनि उहाँले घर बनाउन शुरु गर्न सक्नु भएको छैन । कृषि मजदूरीबाट गुजारा चलाउँदै आएको उहाँसँग घर बनाउन आवश्यक रकमको अभावले टहरामै दुःखसाथ बस्दै आएको छ । उहाँको परिवार ज्याला मजदूरीबाटै चल्दै आएको छ । त्यसमाथि उक्त क्षेत्रमा बढ्दै गएको बँदेलको अतिक्रमणले आइतेले उत्पादन गर्नु भएको कुनै पनि अन्न भित्र्याउन नपाउँदै सखाप पारिदिन्छ । 

आइते जस्तै रोहिणीका हरि ढकालले पनि अहिलेसम्म घर बनाउने काम शुरु गर्नुभएको छैन । जङ्गली जनावरको अतिक्रमणका कारण आफू घर बनाउने कि नबनाउने भन्ने अन्योलमा रहेको उहाँले बताउनुभयो । “यही क्षेत्रमा घर बनाउँ भने बँदेलले केही उत्पादन हुन दिँदैन, अन्यत्र बनाउँ आफूसँग बलियो आयस्रोत छैन”, ढकालले भन्नुभयो । खेती र पशुपालनको आयस्ताले दुई छोराछोरी पढाउन र घर खर्च चलाउन ढकाल परिवारलाई धौधौ हुने गरेको छ । 

काठमाडौँ, भक्तपुर र सिन्धुपाल्चोक नगरपालिकाको सिमानामा पर्ने यस नगरपालिका जिल्लाका अन्य पाँच नगरपालिकाभन्दा भौगोलिक रुपमा पछाडि छ । यस नगरपालिकाको २ नं वडाले काठमाडौँ र भक्तपुर नगरलाई छोएको छ । यस नगरका स्थानीयवासीको प्रमुख उत्पादन भनेको दूध हो । 

वडामा सबैभन्दा धेरै गुरुङ र तामाङ समुदायका मानिसको बसोवास पाइन्छ । प्रशस्त चरण क्षेत्र र घाँसको उपलब्धताका कारण बँदेलले दुःख दिए पनि यस क्षेत्रका मानिसका लागि यही क्षेत्र उपयुक्त भएको वडाध्यक्ष केशवप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

“बँदेल पीडितलाई अन्यत्रै स्थानान्तरण गर्ने कि यहीँ राख्ने भन्ने विषयमा वडामा छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो, “नगरका अन्य वडामा भन्दा यस वडामा बँदेल पीडितको सङ्ख्या उच्च भएका कारण बस्ती स्थानान्तरणमा केही समस्या हुनसक्ने उहाँले बताउनुभयो ।” वडामा ४५० भन्दा बढी घरधुरी बँदेलपीडित रहेको उहाँले जानकारी दिनुभयो । 

हाल नगरमा पहिलो किस्ता लिने भूकम्प पीडितमध्ये ६० देखि ७० प्रतिशतले घर बनाइसकेको नगर प्रमुख टोकबहादुर वाइवाले जानकारी दिनुभयो । “पुनःनिर्माण प्राधिकरणमा कर्मचारीको सरुवा हुँदा नगरले तत्काल बँदेल पीडितका लागि के गर्ने भन्ने निचोड निकाल्न सकेको छैन”, वाइवाले भन्नुभयो,” बँदेल पीडितका लागि नगरले केही न केही व्यवस्था गरेरै छाड्ने उहाँको प्रतिबद्वता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता