२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

४ मंसिर २०७५, मंगलवार ०७:४१

मङ्सिर ४, गोरखा | गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिनुभयो । 

उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताउनुभयो । गएको वैशाखदेखि कात्तिकसम्म गरिएको अनुसन्धानका क्रममा नेपालमै लोपोन्मुख अवस्था रहेको पौरी बाँज र सानो बैडाइ प्रजातिका चरा पनि भेटिएका हुन् । 

‘‘हामीले गरेको अध्ययनका क्रममा गोरखाको एउटै सामुदायिक वनमा नेपालमा हालसम्म भेटिएका ८८६ प्रजातिका चरामध्ये ९९ प्रजातिको भेटिएका छन्,’’ श्रेष्ठले भन्नुभयो, “चराचुरुङ्गीको अध्ययन र अवलोकनका लागि गोरखा सम्भावना बोकेको ठाउँ रहेछ ।” 

अध्ययनका क्रममा नेपालमा मात्र पाइने काँडे भ्याकुर प्रजातीको चरा पनि सोही जङ्गलमा भेटिएको उहाँले जानकारी दिनुभयो । अनुसन्धानकर्ता श्रेष्ठले म्याकिनल लिस्टिङ विधिबाट चराको अध्ययन गर्नुभएको थियो । 

चन्द्र गुरुङ फाउण्डेसनको सहयोगमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अध्यनरत स्नातक चांैथो वर्षमा अध्यनरत श्रेष्ठ नेतृत्वको टोलीले सात महीनासम्म लुदी दामगाडे सामुदायिक वनमा चरा सम्बन्धी अध्ययन गरेको हो । 

करीब ३०० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा रहेका चरा संरक्षण गर्न सके वातावरण संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ । श्रेष्ठले जलवायु परिवर्तनका कारण विभिन्न दुर्लभ प्रजातिका चरा लोप हँुदै गएको भन्दै त्यसको संरक्षणका लागि सबैले चासो दिनुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य