२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चितवनदेखी कञ्चनपुर सम्म थारुले आन्दोलन शसक्त पार्ने

३ मंसिर २०७२, बिहीबार १७:५३

सन्तोषकुमार गुप्ता । मंसिर ३, भालुवाङ् । थारुहरुले चितवन देखि कञ्चनपुर सम्मका जिल्लामा आन्दोलनलाई थप शसक्त वनाउने भएका छन् । सरकारले थारुको माग पुरा गर्न तर्फ कुनै ध्यान नदिएको भन्दै थरुहट—थारुवान क्षेत्रमा मंसिर ५ गते देखि अनिश्चितकालीन आम हड्तालको कार्यक्रम सार्वजनिक गरिएको छ ।

दाङको लमहीमा चितवन देखी कञ्चनपुरसम्मका थारु अगुवाहरु विच भएको छलफल पछी आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । थरुहट-थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति चितवन–कञ्चनपुरको नाममा जारी प्रेस विज्ञप्ती विज्ञप्तीमा राजमार्ग केन्द्रित आम हड्ताल सहीतका विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो । यस अघि थरुहट-थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनलाई अघि वढाउदै आएको थियो । संघर्ष समितिका केन्द्रिय अध्यक्ष धनिराम चौधरी कैलाली घटना पछी लुकेर वस्दै आएपछी आन्दोलन कमजोर भएपछी नयाँ नामाकरण गरी संघर्ष समिति वनाइएको छ । आन्दोलनलाई थप शसक्त वनाउन थरुहट राज्य घोषणाकै लागी प्रादेशीक संघर्ष समिति गठन गरिएको हो ।

थारुहरुको आन्दोलनलाई शसक्त वनाउन नयाँ संरचना वनाइएको छ । थारु आन्दोलनमा सहभागी भएको फोरम लोकतान्त्रिक सरकारमा गईसकेको र यस अघि वनाइएको थरुहट-थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक धनिराम चौधरी भुमिगत अवस्थामा वसेपछी आन्दोलनलाई थप शसक्त वनाउन थरुहट-थारुवान प्रादेशीक संयुक्त संघर्ष समिति गठन गरिएको श्रोतले वताएको छ ।

गत साउन २२ गते देखी सुरु भएको आन्दोलको कार्यक्रम दशै, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै खुकुलो पारिएको थियो । संविधान संशोधन गरी थरुहट प्रदेश संविधान संसोधन गरी थारुहरुलाई अधिकार सम्पन्न वनाउन सरकार र ठुला राजनैतिक दलहरुले चासो नदेखाएको भन्दै शसक्त आन्दोलन गर्न थालीएको थरुहट—थारुवान प्रादेशीक संयुक्त संघर्ष समितिका संयोजक होरीलाल चौधरीले जानकारी दिनुभयो । आमहड्तालका क्रममा अति आवश्यकीय एम्वुलेन्स, प्रेस गाडी, पानी, दुध वोकेका गाडी, कुटनीतीगत नियोगका लागी र विद्यालय सञ्चालनमा रोक नलगाइएने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विरोधका कार्यक्रमहरुमा मंसिर ४ गते साँझ प्रत्येक जिल्ला सदरमुकाम लगाएतका उपयुक्त स्थानमा मसाल जुलुस गर्ने, जिल्ला क्षेत्रमा विरोध, सभा, र्याली, आम सभा लगाएतका कार्यक्रम गर्ने, थारुहरु संग मुद्धा मिल्ने पक्ष संग कार्यगत एकाता र सहकार्य गरी आन्दोलनलाई थप शसक्त वनाउने, नेपालको संविधान २०७२ मा अधिकार पहीचान विरोधी र उपचारालाई मंसीर ७ र ११ गते जलाउने लगाएतका कार्यक्रम रहेका रहेको जारी विज्ञप्तीमा उललेख गरिएको छ ।

bigyepti

bigyepti1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली