Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

५० बर्षीय महिला बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ६, भक्तपुर (रासस) |</b> एक ५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरीबृत्त थिमिले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>मध्यपुरथिमि नगरपालिका–६ बाहाखा बजारमा जुत्ताचप्पल पसल सञ्चालन गर्दै आएका मध्यपुरथिमि नगरपालिका–६ बस्ने ५५ वर्षीय कमल श्रेष्ठलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।&nbsp;</p><p>श्रेष्ठले पसल सञ्चालन गर्दै आएको घरमा भाडामा बस्दै आएकी महिलालाई असोज १६ गते श्रेष्ठले पसलभित्र रहेको अर्को कोठामा लगेर जबर्जस्ती बलात्कार गरेको पीडित महिलाले जाहेरी दिएपछि पक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।&nbsp;</p>