Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा टिपर चालक गिरफ्तार

By साझासवाल 2 मिनेट पढाइ

<p><b>मङ्सिर ६, भक्तपुर (रासस) |</b> सूर्यविनायक नगरपालिका–२ बालकोटमा गएराति मोटरसाइकलमा सवारको ज्यान जाने गरी ठक्कर दिई फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;<br></p><p>महानगरीय प्रहरीपरिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार बा९९प ८२८२ नंको मोटरसाइकललाई ठक्कर दिई फरार ना४ख ८१८२ नंको टिपर चालक काभ्रे रोशी गाउँपालिका–१२ बस्ने २६ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरी प्रहरीवृत्त थिमिको हिरासतमा राखेको उहाँले जानकारी दिनुभयो ।&nbsp;</p><p>बालकोट मेरिगोल्ड स्कुल अगाडि टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने महोत्तरी बर्दिवास घर भई ललितपुरको टीकाथली विष्णुटोल बस्ने २४ वर्षीय मनोज मगरको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान अगाडि बढाएको र दुर्घटनामा परेको टिपर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।&nbsp;</p>