२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एक सय ३८ नयाँ एचआइभी सङ्क्रमित थपिए

७ मंसिर २०७५, शुक्रबार ०७:१९

मङ्सिर ७, चितवन | सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् । 

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन् । 

फाउण्डेशनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्ष सङ्क्रमित १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ जना पुरुष र दुई जना महिला रहेका छन् । हाल सो कार्यालयबाट एक हजार ६५९ जनाले दर्ता भएका छन् । तीमध्ये ८५३ जनाले एआरभी औषधि खाइरहेको उहाँले बताउनुभयो । जसमा ३७३ पुरुष, ४०८ महिला र ६९ बालबालिका रहेका छन् । 

सन् २०१७ मा १३५ जना नयाँ सङ्क्रमित थपिएका थिए । सन् २००७ मा स्थापना भएको सेन्टरमा यस वर्ष ५६७ जनाको भाइरल लोड परीक्षण गरिएको छ भने ६३७ जनाको सिडिफोर गणना गरिएको सापकोटाले बताउनुभयो । कार्यालयले यस वर्ष ८६ हजार ६१२ वटा कण्डम वितरण गरेको जनाएको छ । 

सेन्टरले यस वर्ष अस्पताल र समुदायमा १३ हजार ३७२ जनाको एचआइभी परीक्षण गरेको थियो । नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमित रहेको अनुमान रहेको छ । हालसम्ममा १९ हजार ७०२ जना सम्पर्कमा रहेको सेन्टरले जनाएको छ । जसमध्ये १५ हजार २६० ले देशका विभिन्न ठाउँबाट औषधि प्रयोग गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो