२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पश्चिम नेपालकै नमुना बसपार्क दाङमा

८ मंसिर २०७२, मंगलवार ०८:३१

सन्तोषकुमार गुप्ता, मंसिर ८, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा पश्चिम नेपालकै नमुना बसपार्क निर्माणका लागि बृहत गुरुयोजना स्वीकृत भएको भएको छ । राप्ती अञ्चलको प्रवेशद्धारको रुपमा चिनिने एवम् प्यूठान, रोल्पा, अर्घाखाँचीको मुख्य केन्द्रबिन्दु तथा पूर्व पश्चिम राजमार्गको मध्यबिन्दुमा रहेको भालुवाङ्गमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निर्माणका लागि तयार गरिएको नमुना भालुवाङ्ग बसपार्क बृहत गुरुयोजना स्वीकृत भएको हो ।

map

नमुना बसपार्क निर्माणका लागि झन्डै ११ करोड सहितको बृहत गुरुयोजना स्वीकृत भएको भालुवाङ्ग नगर विकास समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकीले जानकारी दिए । अत्याधुनिक प्रविधिको बसपार्क निर्माण अन्र्तगत एक प्रहरी पोष्ट, एक अग्नीनियन्त्रण केन्द्र, एक कार्यशाला(वर्कशप), एक पेट्रोलपम्प तथा पचास बढी बहुआयामिक पसलहरुको पनि योजना तयार गरिएको नगर विकास समितीका अध्यक्ष बुढाथोकी बताए । प्यूठान रोल्पा सडक खण्डको पूल्चोक तथा पुरानो भालुवाङ्ग बजारको बीच भागमा रहेको निर्माणधिन बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्न बसपार्क निर्माण गर्न गुरुयोजना स्वीकृत गरिएको भालुवाङ्ग नगर विकास समितीले जानकारी दिएको छ ।

कुल १.७९ हेक्टर क्षेत्रफलमा निर्माण गरिने बसपार्कका लागि कुल लागत खर्च १० करोड ६१ लाख १३ हजार २ सय १३ रुपैयाँ १५ पैसाको अनुमानित बजेट सहितको बृहत गुरुयोजना रहेको अध्यक्ष बुढाथोकीले बताए । निर्माण गरिने अत्याधुनिक बसपार्कमा एक सय बढी विभिन्न सवारी साधन पार्क गर्न सकिने बुढाथोकीको भनाई छ । यस बर्ष अर्थात यस आर्थिक बर्षका लागि ४५ लाख रकम विनियोजन समेत भईसकेको अध्यक्ष बुढाथोकीले बताए ।

५ बर्ष भित्र निर्माण सम्पन्न गरी बस पार्क सञ्चालनमा ल्याउन गुरुयोजना संगै तयार गरिएको नक्सा समेत स्वीकृत भएको छ । यस बर्ष विनियोजित बजेटबाट प्रारम्भिक निर्माण कार्यका लागि ताराबहादुर डिसी अध्यक्ष रहेको पुरानै बसपार्क निर्माण समितीले नै गर्ने नगर विकास समितीका अध्यक्ष बुढाथोकी बताए । स्वीकृत गुरुयोजनाबाट प्रत्येक बर्ष बजेट बृद्धि भएर विनियोजित हुने बताईएको छ । आवश्यक परे बसपार्क निर्माण समिती पूर्नगठन गरिने अन्यथा पुरनै समितीलाई निर्माणको जिम्मा दिईने नगर विकास समितीले जनाएको छ ।

बिगत १० बर्ष पहिले देखि भालुवाङ्गमा बसपार्क निर्माण कार्य शुरु गरिएको भए पनि हाल सम्म कुनै सरकारी तथा गैर सरकारी निकायबाट उचित कदम नचालल्दा अहिले सम्म पनि निर्माधिन बसपार्क सञ्चालनमा आउन सकेको छैन । भालुवाङ्ग नगर विकास समितीमा विगतका समयमा विभिन्न अध्यक्षहरु आए पनि बसपार्क सञ्चालनको बिषयमा ठोस कार्यक्रम ल्याउन नसक्दा निर्माणधिन बसपार्क ओझेलमा परेको थियो ।

बसपार्क सञ्चालनमा नआउँदा अहिले पनि जथाभावी सडकका छेउछाउमा गाडी पाकिङ्ग गर्दा भालुवाङ्ग पुल्चोक बजार नै कुरुप बन्दै गएको छ । तत्कालिन भौतिक योजना तथा सहरी विकास मन्त्री डा. नारायण खड्काको पहल एवम् वर्तमान भालुवाङ्ग नगर विकास समिती अध्यक्ष ओमप्रकाश बुढाथोकीको बिशेष सक्रियतामा संयुक्त सम्भःौता पत्रमा हसताक्षण गरी भावी भालुवाङ्गको सुन्दर भविष्यको परिकल्पना संंगै भालुवाङ्गको इतिहासमा पहिलो पटक यति ठुलो बृहत गुरु योजना स्वीकृत भएको छ । हाम्रो भालुवाङ्ग सुन्दर भालुवाङ्ग भन्ने मुल नाराका साथ देशकै सुविधा सम्पन्न सुन्दर नमुना शहर बनाउने योजनाको तयारीमा समेत लागेको अध्यक्ष बुढाथोकीको भनाई छ ।
भालुवाङ्ग नगर विकास समितीको बसपार्क निर्माण कार्यक्रम अन्र्तगत राजधानी काठमाडौँको इन्फर्मेसन डिजीमिनेसन ईनिसियटिभ प्रालिले निर्माणधिन भालुवाङ्ग बसपार्क स्थलको बिस्तृत सर्वे गरी यस बृहत गुरुयोजनाको नक्सा तयार गरेको हो । बसपार्कमा पानी आपुति, सडक सञ्जाल निर्माण, भौतिक संरचना निर्माण, विद्युतीय संरचना निर्माण, ज्यामीज्याला, बसपार्क स्थल विकास कार्य संरचना निर्माण तथा कन्टेनजेन्सी र भ्याटकर सहित उक्त गुरुयोजना तयार गरिएको छ ।

नेपाल सरकारले दाङ्गको अतिउपेक्षित भालुवाङ्गमा पहिलो पटक यति ठुलो रकम सहितको गुरुयोजना स्वीकृत गरेकामा भालुवाङ्गबासी हर्षित भएका छन् । बसपार्क निर्माण संगै भालुवाङ्ग बजार बृहत शहरी हुन र सुन्दर शहर बनाउन सहयोग मिल्ने उनीहरुले बताएका छन् । भालुवाङ्ग नगर विकासको यो पहलकदमी प्रति सम्पूर्ण भालुवाङ्ग पुल्चोकबासीले स्वागत समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य