२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने

२०७५, ७ मंसिर शुक्रबार १०:२६

मङ्सिर ७, काठमाडौँ | जोशी हाइड्रो पावर कम्पनीले रु १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । 

कम्पनीले यही मङ्सिर १६ गतेदेखि साधारण शेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको शेयर छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई गत कात्तिक १८ गते साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले तीन लाख ७१ हजार ४०० कित्ता अर्थात् रु तीन करोड ७१ लाख ४० हजार बराबरको शेयर छुट्याएको थियो । त्यसमा प्रति शेयर रु एक सय अंकित दरको एक लाख २९ हजार ३९० कित्ता मात्रै आवेदन परेको थियो । 

स्थानीयबासीले आवेदन नगरेको शेयर समेत आम सर्वसाधारणलाई बिक्री गरिनेछ । कम्पनीले इलाममा तीन मेगावाट क्षमताको माथिल्लो पिलुवा एक जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ । 

आयोजनाको कूल लागत रु ५५ करोड ३५ लाख रहेको छ । यस आधारमा प्रतिमेगावाट लागत रु १८ करोड ४५ लाख रहेको छ । 

आयोजनाले विद्युत विकास विभागबाट २०७० साल जेठ १२ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । त्यसआधारमा सो आयोजनाको स्वामित्व ३१ वर्ष कम्पनीको नाममा रहनेछ । 

आयोजनाको सर्व साधारणमा लगानी फिर्ता हुने अवधि ११ वर्ष रहेको छ । आर्थिक अवस्थाको विश्लेषण गर्ने इक्रा नेपालकाअनुसार कम्पनीको अवस्था कमजोर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी