२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बिद्युत महसुल नबुझाएका ७४ जनाको लाइन काटियो

२०७२, ९ मंसिर बुधबार ०७:२४

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । समयमा विद्युत महसुल नबुझाएका ७४ जना उपभोक्ताको लाइन काटिएको विद्युत प्राधिकरण बितरण शाखा घोराहीले जनाएको छ ।

तीन महिनासम्म लगातार विद्युत महसुल नबुझाएको भन्दै ६ वटा संघसंस्था र ६८ व्यक्तिगत लाइन काटिएको कार्यालयले जनाएको छ । जसबाट ८ लाख २२ हजार ७ सय ५७ रुपैया महसुल उठ्नुपर्ने हुन्छ । ७४ मध्ये ४८ जनाले लाइन काटिएपछि विद्युत महसल बुझाएका छन् । जसबाट ५ लाख ३४ हजार ५ सय ५७ रुपैया संकलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैबीच पछिल्लो समय विद्युत चुहावट न्यून रहेको बताएको छ । यस आर्थिक वर्षको दुई महिनाको अवधीमा ९ दशमलव ४६ प्रतिशत चुहावट भएको कार्यालयका प्रमुख बाबुराम सुवेदीले बताउनुभयो । बिशेषतः हुक गरेर लाइन तान्दा विद्युत चुहावट हुने गरेको छ । यस्तै कार्यालयले रुखका हाँगा काटेर तारहरु सुरक्षित गराउने कार्य भइरहेको बताएको छ ।

विद्युत प्राधिकरण बितरण शाखाअन्तर्गत ४० हजार ग्राहक संख्या रहेको छ । मिटर समयमा उपलब्ध हुन नसक्दा पनि विद्युत चुहावट हुने गरेको छ । नयाँ घर बनाएकाहरुलाई सीमित समयका लागि छिमेकीको घरबाट लाइन तान्न सकिने प्रावधान मिलाइएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ