2026-09-19 02:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बाढीपीडितलाई घर हस्तान्तरण

मङ्सिर ९, दमक (रासस) | झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । 

दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो । 

तीनकोठे नवनिर्मित घर टिनको छाना, सेन्टर बेरा भएको र प्रत्येक घरमा छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । एउटा घर निर्माणमा रु दुई लाख खर्च भएको निर्माण समितिका संयोजक प्रताप सुब्बाले जानकारी दिनुभयो । गाउँपालिकाले शनिबार एक कार्यक्रम गरी ती नवनिर्मित १२ वटा घर पीडित परिवारलाई हस्तान्तरण गरेको थियो । 

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नवनिर्मित घरको साँचो विस्थापितहरुलाई हस्तान्तरण गर्नुभयो । घर हस्तान्तरणका क्रममा मन्त्री कार्कीले बाढी तथा प्राकृतिक प्रकोप व्यवस्थापन गर्न सबै क्षेत्रको भूमिका आवश्यक भएको औँल्याउनुभयो । 

घर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटी, क्यारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोख्रेललगायतले नयाँबस्तीको घर निर्माणको महत्वकामाथि चर्चा गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ