2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा तामाङ

मङ्सिर ९, बेत्रावती (रासस) | राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेस्रो साधारणसभाले नेपाल सरकारका सहसचिव रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ । 

शिवपुरी गाउँपालिका–६ सुइरेचउरमा शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उदयबहादुर राणा र कृष्णप्रसाद पुडासैनी, सचिवमा केशरबहादुर पण्डित, सहसचिवमा राजु प्याकुरेल र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी चयन हुनुभयो । 

सदस्यमा जङ्गबहादुर अर्याल, माधव शर्मा, सन्तु श्रेष्ठ, सुरज अर्याल, विष्णुहरि रेग्मी, भीमबहादुर रोका, बुद्धिराज खड्का, बद्रीप्रसाद अर्याल, कृष्णराज खतिवडा, नारायण श्रेष्ठ र गोपी अधिकारी रहनुभएको छ । समितिको सल्लाहकारमा यसअघिका अध्यक्ष रहनुभएका डा केदारनरसिंह केसीसहित तुलसीप्रसाद सिटौला, वासुदेव गुरागार्इं, सुदर्शन भण्डारी र रेशमबहादुर पाण्डे रहेको निर्वाचन मण्डलका संयोजक रहनुभएका पत्रकार राजन कुइँकेलले जानकारी दिनुभयो । 

नुवाकोटमा जन्मेर विभिन्न सरकारी सेवामा जिल्लाबाहिर कार्यरत कर्मचारीको साझा संस्थाका रुपमा ‘राष्ट्रसेवक कर्मचारी समाज’ स्थापना भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई