२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर कारागारमा क्षमता भन्दा बढि कैदी भएपछि खान बस्नमा समस्या

११ मंसिर २०७२, शुक्रबार ०९:२८

karagarसन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । दाङको तुलसीपुर कारागारमा क्षमता भन्दा बढि कैदी भएपछि कैदीहरुलाई खान बस्नमा समस्या भएको छ । एक सयजना कैदीको क्षमता रहेको कारागारमा हाल १ सय ७३ जना कैदी बन्दी रहेका छन् ।

क्षमता भन्दा झन्डै दोब्बर कैदी बन्दी भएका कारण खान बस्नमा समस्या भएको हो । कारागारमा हाल १ सय ५२ जना पुरुष र २१ जना महिला रहेका छन् ।

कारागारमा सबैभन्दा बढि कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कैदीहरु रहेको कारागारका प्रमुख देवेन्द्र श्रेष्ठले जानकारी दिए । जसअन्तर्गत कर्तव्य ज्यान मुद्दामा ८१ जनाले सजाय भोगिरहेका छन् ।

त्यस्तै जबरजस्ती करणीमा ३३ जना, लागुऔषध ओसारपसारमा १४ जना, चोरीमा १२ जना, अपहरणमा ९ जना, ज्यान मार्ने उद्योगमा ५ जना, जिउ मास्ने बेच्नेमा ९ जनाले सजाए भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य