२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ग्यासको अभावमा दाउरामा खाना पकाउदा दाङका विद्यार्थीको पढाइ प्रभावित

२०७२, १२ मंसिर शनिबार ०३:१२

daura newsसन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । ग्याँस अभाबका कारण विद्यार्थीहरु सबैभन्दा बढि मर्कामा परेका छन् ।

डेरा गरी बस्ने विद्यार्थीहरु ग्याँस अभावका कारण दाउरा प्रयोग गरी पकाउन बाध्य भएका छन् । ग्याँसको अभावमा कतिपय घरबेटीले चुलोमा पकाउन नदिने, चुलोमा पकाउने ठाउँ नहुने हुँदा चुलोमा पकाएर खान पनि समस्या भएको कतिपय विद्यार्थीहरुले बताएका छन् ।

यस्तै दाउरा महंगो हुँदा पनि समस्या भएको विद्यार्थीहरुले बताएका छन् । नजिक घर भएका विद्यार्थीहरुले घरबाटै दाउरा ल्याएर खाना पकाउने गरेपनि टाढा घर भएका विद्यार्थीहरु दाउरा किन्दा ग्याँस किन्ने पैसा पनि सकिन थालेको र ग्याँस आएपनि दाउरा किनेर पैसा सकिन लागेकाले तुरुन्तै ग्याँस किन्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

नाकाबन्दी लम्बिदै जाँदा जिल्लामा ग्याँस सीमित मात्रामा मात्र भित्रिने गरेकाले बिद्यार्थीहरु दाउराको प्रयोग गरी खाना पकाउन बाध्य भएका हुन् । सिमीत मात्रामा ग्याँस जिल्लामा भित्रिने ग्याँस पनि बिद्यार्थीहरुले सहज तरिकाले पाउन नसकेको गुनासो गरेका छन् ।

दाङका बिभिन्न ठाउँका साथै राप्तीका बिभीन्न जिल्लाहरुका विद्यार्थीहरु घोराही र तुलसीपुर लगायतका स्थानमा उच्च शिक्षा अध्ययनका लागी बिद्यार्थीहरुले डेरा गरी बस्ने गरेका छन् । यसैबिच, नाकाबन्दीका कारण डिजेल पर्याप्त मात्रामा उपलब्ध नहुँदा विद्यालय बस सञ्चालनमा कठिनाई हुदाँ घरबाट आउने बिद्यार्थीहरुलाई पनि पढ्न आउन जान समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ