२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अग्नी पिडित शिक्षकलाई विद्धालयको आर्थिक सहयोग

२०७५, १० मंसिर सोमबार ०६:१५

चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | आफ्ना विद्धालयका अग्नी पीडित शिक्षकलाई विद्धालय परिवारले आर्थिक सहयोग गरेका छन् । सरस्वती माध्यमिक विद्धालय दिक्तेलले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पीडित शिक्षक कृष्ण कुमार श्रेष्ठलाई करीब चार लाख हाराहारीमा आर्थिक सहयोग गरेको हो ।


गएको कार्तिक २३ गते बिहान लागेको भिषण आगोले घरसहित सम्पुर्ण जलेर बिचल्लीमा परेका अग्नी पीडित श्रेष्ठका लागि विधार्थी, विद्धालय परिवार, शिक्षक÷कर्मचारी, पूर्व शिक्षक र विव्यास पदाधिकारीले ३ लाख ९१ हजार ७२० रुपैयाँ नगद सहयोग गरेकोे समाविका शिक्षक शिवहरी ढकालले जानकारी दिए । सोही विद्धालयका शिक्षक तथा अग्नी पीडित श्रेष्ठका लागि विधार्थीहरुबाट १ लाख ३२ हजार ७२०, विद्धालयको तर्फबाट २५ हजार, विद्धालयका शिक्षक तथा कर्मचारीबाट १ लाख ८० हजार, पूर्व शिक्षकहरुबाट ४५ हजार र विद्धालय व्यवस्थापन समितिबाट ५ हजार सहयोग संकलन गरिएको थियो ।

संकलित रकम सोमबार विद्धालयको प्राङ्गणमा विधार्थीका तर्फवाट मनकाजी राई, प्रधानाध्यापक ध्यानबहादुर राई, विद्धालय व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद आचार्य, पूर्व शिक्षक लगायतले अग्नी पीडितलाई हस्तान्तरण गरेका छन् । विद्धालयका शिक्षक तथा कर्मचारीपछि आगलागीबाट बिचल्लीमा परेका आफ्ना गुरुका लागि विधार्थीहरुले सवैभन्दा बढी रकम संकलन गरेका थिए ।

भाइटिको दिन भएको भिषण आगलागीमा श्रेष्ठको १ करोड २५ लाखसहित अम्बिका÷अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका रमेश कुमार खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु