2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङमा अपाङ्गता भएका विद्यार्थीको छात्रावास निर्माणका लागि ४० लाख सङ्कलन

मङ्सिर १२, लमजुङ | बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ । 

सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका लागि छात्रावास निर्माण गरिन लागिएको हो । बेलायतस्थित सुस्त श्रवण तथा बहिरा समूहले ‘डेफ नेपाल एक्पेडिसन–२०१८’ गठन गरी छात्रावास निर्माणका लागि चन्दा सङ्कलन अभियान शुरु गरेको र त्यसबाट रु ४० लाख सङ्कलन भएको थियो । 

डेफ नेपाल एक्पेडिसन–२०१८ समूहका टोली प्रमुख डेबिट लवटनसहितको टोलीले विद्यालय भवन निर्माणस्थलको अवलोकन तथा निरीक्षण गरी सन् २०२० सम्ममा भवन निर्माण सक्ने प्रतिबद्धता जनाएका छन् । 

शुरुआती चरणमा छात्रावास निर्माण गरिनेछ भने त्यसपछि उनीहरुका लागि छुट्टै कक्षाकोठासमेत निर्माण गरिने भएको छ । उनीहरुले बेलायती संस्था पहार ट्रष्ट नेपाल पोखराको समन्वयमा भवन निर्माण गर्नेछन् । विद्यालयको नाममा रहेको चार रोपनी १३ आना जग्गामा छात्रावास र बहिरा विद्यालय भवन निर्माण गरिने छ । 

भक्ति नमूनामा सञ्चालित विशेष कक्षामा हाल ३५ विद्यार्थी अध्ययनरत छन् । तीन शिक्षकले पढाइरहेका छन् भने बालबालिकाको स्याहारसुरार गर्न दुई जना खटिएका छन् । २०२४ मा स्थापना भएको भक्ति नमूना माविमा २०६१ बाट स्रोत कक्षा सञ्चालन भइरहेको छ । 

विद्यालयमा रहेका शारीरिकरुपमा अपाङ्गता भएका विद्यार्थीका लागि भोटेओडार बगैैँचा नजिकै पुरानो छात्रावासमा नयाँ छात्रावास निर्माण हुनेछ । विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेका अनुसार बहिरा र मुख नबोल्ने विद्यार्थीलाई सँगै राखेर पढाउँदा समस्या हुने गरेको छ । छुट्टै छात्रावास र विद्यालय भवन बनेपछि विद्यार्थीलाई सहज हुने उहाँले बताउनुभयो । भवन निर्माणका लागि विद्यालयका पूर्वप्रधानाध्यापक उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने