२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा पहिलो पटक कुक तथा वेटर, वेट्रेसतालीम सुरु

२०७२, १४ चैत्र आईतवार १२:१३

पूर्णप्रसाद न्यौपाने, चैत १४, ओखलढुंगा /
ओखलढुंगामा पहिलो पटक कुक तथा वेटर, वेट्रेस  तालीम सुरु भएको छ । व्यवसायीक सिप विकास तथा
तालीम केन्द्रको आयोजना एवम् होटल व्यवसायीसंघ ओखलढुंगा र गौरीभक्त होेटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी
प्रालिको व्यवस्थापनमा आजबाट तालीम सुरु भएको हो । करिब १ महिना सम्म सञ्चालन हुने तालीममा कुकमा ४३ जना
वेटर,वेट्रसमा २३ जनागरी कुल ६६ जना प्रशिक्षार्थीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

cook

जिल्लामा पहिलो पटक सञ्चालन
गरिएको कुक तथा वेटर,वेट्रस तालीम निशुल्क सञ्चालन हुने तालीम भएकाले पनि धेरै युवाहरु आकर्षीत भएका छन्
। व्यवसायीक सिप विकास तथा तालीम केन्द्रका प्रमुख भविन्द्र खत्रीको अध्यक्षता तथा सिद्धिचररण
नगरपालीकाका कार्यकारी अधिकृत राजन घिमिरेको प्रमुख आतिथ्यतामा भएको तालीम उद्घाटन कार्यक्रममा बोल्ने
सबैजसो वत्ताहरुले अनुशासीत र जिज्ञासु भएर तालीमम सहभागीहुन प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन्

जिल्लामा पहिलो पटक सञ्चालन भएको तालीम मार्फत प्रभावकारी सिप
आर्जन गर्न आग्रह गर्दै तालीम केन्द्रका प्रमुख भविन्द्र खत्रीले नियमीत कक्षामा उपस्थित हुन र बढि
जिज्ञासु भएर सहभागि बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । निशुल्क सञ्चालन सुरु भएको तालीममा
महिला र पुरुषको लगभग बराबरी जस्तो सहभागिता छ । भने जिल्लाका होटल व्यवसायीहरु पनि तालीममा सहभागि
हुनेछन् ।

यसैविच यो तालीमले जिल्लाको होटल व्यवासाय
प्रवद्र्धनमा टेवा पुग्ने होटल व्यवसायीसंघ ओखलढुंगाले जनाएको छ । तालीममा सहभागिहरुले सिकेका कुरा
व्यवहारमा उतारेमात्रै पनि जिल्लाको होटल व्यवसायमा निकै ठुलो परिवर्तन आउने संघका अध्यक्ष थगेन्द्रराज
राईले बताउनुभयो ।

अस्वस्थताका कारण हाल राजधानीमा उपचाररत
अध्यक्ष राईले हामीसँग भएको कुराकानीमा सञ्चालीत तालीममा आफु उपस्थित हुन नसकेपनि तालीमबाट उत्पादन हुने
दक्ष जनशक्तीलाई रोजगारी दिने र व्यवसायी बन्ने कुरामा विषेश सहयोग गर्ने बताउनुभयो । दक्ष जनशक्तीको
अभावका बिच ओखलढुंगामा सञ्चालीत होटलहरुले दिने सेवाम पनि निकै राम्रो परिवर्तन आउने सबैको अपेक्षा छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ