२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

दूषित पानी पिउन बाध्य छन् जुम्लाबासि

१२ मंसिर २०७५, बुधबार १०:४४

मङ्सिर १२, जुम्ला | स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा बन्द गरेको चौकीदार दीपक बूढाले बताउनुभयो । 

मानवीय आधारभूत आवश्यकता खानेपानी पछिल्लो समय निकै अभाव हुन थालेको छ । वन फँडानीले मुहान सुकेपछि पानीको हाहाकार भएको हो भने कतै, स्रोत हुँदा पनि व्यवस्थापन नहुँदा पानीको अभाव भएको छ भने, कतै बनेका धारा पाटी पौवा दीर्घकालीन नहुँदा पनि पानीको अभाव कर्णालीका नागरिकले भोगिरहेका छन् । 

चौकीदार दीपक बूढाले भन्नुभयोे, “एकातर्फ शुल्क उठाउन जाँदा गाँउलेले मान्दैनन् । अर्कोतर्फ, गाउँका केही ठूलाबडाले आफ्नो प्रयोजनका लागि सार्वजनिक पाइप प्रयोग गरी ठाउँठाउँमा पाइप लाइन काटेर, पानी चुहावट गरेकाले धारा बन्द गरेको उल्लेख गर्नुभयो । हुँदाहुँदा अनियमितता, दैनिक पिउने पानीमा पनि देखियो, उहाँले भन्नुभयो, गाउँमा पानी छैन, तर केही व्यक्ति, पाइप लगाएर घरमा लिन्छन्, यसो किनभन्दा कुनै प्रतिक्रिया आउँदैन र भद्रभलाद्मी पनि मौन देखिएपछि धारानै बन्द गर्न पुगेको उहाँको भनाइ छ । 

जबसम्म, आफ्नो तलब र सार्वजनिक जिन्सी सामग्रीका विषयमा छलफल हुँदैन, तबसम्म कुनै हालतमा पानी नछोड्ने चेतावनी चौकीदार बूढाले दिनुभयो । तर अहिले जर्मी गाउँका अधिकांश स्थानीय नदीको पानी प्रयोग गरिरहेका छन् भने, कोही घण्टौँको बाटो हिँडेर पानी ल्याउने गर्दछन् । स्थानीय महिला कुइरी दमाईंले भन्नुभयो, “धारा बन्द भएपछि, नदीको पानी खाएर रुघाखोकी लाग्ने अवस्था छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता