२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एघार महीनामा २६ जना बलात्कृत

१३ मंसिर २०७५, बिहीबार ०५:३१

मङ्सिर १३, भक्तपुर | जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । 

इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो । 

तथ्याङ्कअनुसार ११ महीनाको अवधिमा बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित भएका थिए । । यसैगरी छ जनाको हत्या हुनाका साथै बहुविवाहको घटनामा नौ र अपहरणको घटना एक बालक पीडित भएका थिए । 

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घटना भएको तथ्य बाहिर अएको बताउँदै गलत सङ्गतले पनि उमेर नपुगेका किशोरकिशोरी दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको हो भन्नुभयो । 

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाइएको बताउनुभयो । 

महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जिल्लामा बलात्कारको भयावह अवस्था रहेको बताउनुभयो । 

गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम शर्मा (बजगार्इं)ले अपराधका घटना महत्वपूर्ण नभई त्यसको कारण महत्वपूर्ण भएकाले त्यस्ता कारणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा