२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अग्नी पीडित शिक्षकलाई भूपू विधार्थीको सहयोग

१४ मंसिर २०७५, शुक्रबार ११:४८

चिसाङ शेर्पा | मंसिर १४, खोटाङ | दिक्तेलका अग्नी पीडित शिक्षकलाई भूपू विधार्थीहरुले आर्थिक सहयोग गरेकोे छ । दिक्तेलस्थित सरस्वती माविका भूपू विधार्थीहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका स्थानीय अग्नी पीडित सोही विद्धालयका शिक्षक कृष्ण कुमार श्रेष्ठलाई डेढ लाख वढी आर्थिक सहयोग गरेको हो ।

गएको कार्तिक २३ गते बिहान लागेको भिषण आगोले घरसहित सम्पुर्ण जलेर बिचल्लीमा परेका श्रेष्ठलाई सो विद्धालयबाट २०५२ सालमा एसएलसी (एसईई) उतिर्ण गरेका ४१ जना विधार्थीले फेसबुक ग्रुप च्याटमार्फत १ लाख ५६ हजार ८५० रुपैयाँ आर्थिक सहयोग गरेको भूपू विधार्थी छत्र थापाले जानकारी दिए । गु्रप च्याटबाट संकलित रकम विधार्थी विमला सैंजु राईको खातामा जम्मागरी शुक्रबार विद्धालयमा अग्नी पीडित शिक्षक श्रेष्ठलाई प्रअ ध्यानबहादुर राईले रकम बराबरको चेक हस्तान्तरण गरे ।


अग्नी पीडित शिक्षकले शिक्षा दिएका विधार्थीहरु काठमाण्डौ, भक्तपुर, बनेपा, बीरगञ्ज, धरान, गाईघाट, अमेरिका, लण्डन, क्यानाडा, जापान, कुवेत, दुबाई, पोर्तुगलमा विभिन्न पेशामा रहेर फेसबुकमार्फत एक भई सहयोग जुटाइएको अभियान्ता कृष्ण बजगाँईले बताए । अग्नी पीडित गुरुको जसरी त्यो दिनबाट घरसँगै मन जल्यो सोही दिनबाट गुरुको जलेको मनमा मल्हम लगाउन आतुर भयौं । पिडामा आफूहरु मूर्छित भयौें । अभियान्ता बजगाँईले भने, ‘त्यसैले रातादिन नभनी खाईनखाई चारैतिर छरिएर रहेका विधार्थीहरु मिलेर सानो सहयोग जुटाएका हौं ।’ 

सहयोग रकम ग्रहणपछि विधार्थीहरुलाई अग्नी पीडित श्रेष्ष्ठले आफूले लगाएको गुनभन्दा दुःखमा पर्दा सम्झिएकोमा धन्यवाद प्रकट गरे । आगलागीमा श्रेष्ठको १ करोड २५ लाख, अम्बिका÷अस्मिता बुढाथोकीको १ करोड २४ लाख क्षति भएको थियो । उनीहरुकै घरमा कपडा पसल गरेर बसेका खत्रीको ३५ लाख ३० हजार, बुढाथोकीकै घरमा डेरा गरि बस्ने सावित्रा माविका शिक्षक अब्दुल अहिम राईनको करीब ६२ हजार, तथा आंशिक क्षति भएका नविन गुरुङ र राजु श्रेष्ठको करीब ६ लाख क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता