2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका चार पत्रकारलाई पुरस्कृत गरिने

मङ्सिर १४, नुवाकोट (रासस) | नेपाल पत्रकार महासङ्घ नुवाकोटले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाले पत्रकार देवचन्द्र भट्ट, शिव देवकोटा, भोलाराज पौडेल र भगवती लामालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

मङ्सिर २८ गते हुने साधारणसभामा चारै जनालाई पुरस्कृत गर्ने सङ्घको आजको बैठकले निर्णय गरेको हो । सङ्घका अध्यक्ष कपिलदेव खनालका अनुसार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारसहित अन्य तीन पुरस्कार साधारणसभामा प्रदान गरिनेछ । शाखाले पहिलो पटक पत्रकारलाई पुरस्कृत गर्न लागेको हो । 

भट्टलाई ‘मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार’, देवकोटालाई ‘दीर्घसेवा पत्रकारिता पुरस्कार’, पौडेललाई ‘रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार’ र लामालाई ‘महिला पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । सबै पुस्कारको राशि जनही रु ११ हजार १११ रहेको छ । मोहनविक्रमध्वज जोशी स्मृति पुरस्कारको राशि नुवाकोटबाट सञ्चालन भइरहेको डबली खबर डटकमले र रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशि नुवाकोट जेसिसले सौजन्य गर्नेछ । 

यसैैबीच नेपाल पत्रकार महासङ्घ नुवाकोटले आज विज्ञप्ति जारी गरी अध्यक्ष र सचिवलाई नेपाली सेनाले गरेको दुव्र्यवहारको विरोध गरेको छ । बिहीबार अध्यक्ष खनाल र सचिव जगदीश खनाललाई बट्टारस्थित नेपाली सेनाको तालीम केन्द्र मैथली तालीम केन्द्रमा कार्यरत सैनिकले तालीम केन्द्र अगाडिको सडकमा लछारपछार गर्नाका साथै मोबाइल क्यामेरा जफत गरेर भिजुअल नष्ट गरी मेटेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई