२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँ उवा संघको अध्यक्षमा बुुढाथोकी

२६ मंसिर २०७२, शनिबार १२:३९

सन्तोषकुमार गुप्ता/मंसिर २६, भालुवाङ्ग । सिसहनियाँ उद्योग वाणिज्य संघको शनिवार सिसहनियाँमा भएको पहिलो अधिवेशनले सर्वसहमतले पुुर्णबहादुुर बुुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको वाणिज्य उपाध्यक्षमा सत्यनारायण चौधरी, उद्योग उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा ठाकुुरप्रसाद सुुवेदी, सहसचिवमा कुुमार अधिकारी, कोषाध्यक्षमा ईश्वरीप्रसाद अधिकारी रहनुु भएको छ भने अन्य सदस्यहरुमा महिला सदस्य भिमा आचार्य र सदस्यहरुमा राजकिरण खत्री, खेमराज अर्याल रहनुुभएको छ भने दुुई सदस्यका लागि नयाँ कार्य समितिले मनोनित गर्ने बताइएको छ ।

निर्वाचन मण्डलका संयोजक जितेन्द्र चौधरीको अध्यक्षता एवम् संघका निर्वतमान अध्यक्ष शान्तराज भण्डारीको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा प्रगतीनगर नगर विकास समितिका अध्यक्ष गोर्वधन रावत, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, निर्वाचन मण्डलका सदस्य भिमबहादुुर चौधरी , समाजसेवी तथा बुुद्धिजिवी शान्तराज शर्मा, व्यापारी हरिप्रसाद ज्ञवाली, मधुुप्रसाद सुुवेदी, रविलाल कँडेल लगायतका वक्ताले बोल्नुु भएको थियो ।

गत मंसिर १९ गते संघको नयाँ कार्य समिति चयनका लागि सहमती नभए पछि मंसिर २६ गते निर्वाचन गर्ने भनिएता पनि सहमतीको आधारमा नयाँ कार्य समिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक जितेन्द्र चौधरीले जानकारी दिनुुभएको छ । साथै कार्यक्रममा संघले निर्माण गर्न लागेको कार्यालय भवन निमार्णका लागि कार्य समितिका पदाधिकारी सहित व्यापरीहरुले नगद रकम सहयोग गर्ने उद्घोष समेत गरेका छन् । कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य ओमनाथ बञ्जाडेले गर्नुु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य