पढ्न करिब 2 मिनेट लाग्छ

मङ्सिर १५, जुम्ला | पश्चिम नेपालकै ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तसञ्चार केन्द्र (बल्ड बैक) स्थापना गरिएको छ । एक औपचारीक कार्यक्रमकाबिच रक्तसञ्चार केन्द्र स्थापना भएपछि शुक्रबार २० जनाले रत्तदान गरेका छन् । कर्णालीमा अधिकांश मासिनहरु विरामी पर्दा सधैजसो रगतको खोजाखोज गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सक्तसञ्चार केन्द्र स्थापना गरीएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान संचालन भएको ८ बर्षपछि बल्ल रक्तसञ्चार केन्द्र स्थापना भएको छ । यहाँका नागरिकहरु विरामी हुदा रगतका लागि आर्मी प्रहरी र अन्य नागरिकहरुसँग गुहार माग्दै आएका थिए । तर प्रतिष्ठानले अस्पताल भित्रै रक्तसञ्चार केन्द्र स्थापना गरेपछि सहज हुने नागरीकले महशुस गरेका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार बिश्वराज काफ्लेले रक्तसञ्चार केन्द्र स्थापना गरी रगत संकलनको अभियान सुरु गरीएको बताए । उनले भने, ‘९० प्याकेट रगत स्टोर गर्न मिल्ने गरी रक्तसञ्चार केन्द्र स्थापना भएको छ, रगत संकलन अभियान बृहत रुपमा अघि बढाउनका लागि यहाँका संघसस्था, विद्यार्थी, महिला तथा आमा समुह, रेडक्रस लगायत विभिन्न व्यक्तित्वहरुलाई आग्रह गरेका छौ ।’

उनका अनुसार रगत संकलनका विभिन्न शिविर तथा अभियानमा प्रतिष्ठानले मेडिकल टोली समेत पठाईदिने भएको छ । एक करोड ३६ लाखमा अत्याधुनिक ल्याब सहित सामाग्री र ९६ लाखमा रगत स्टोरका लागि रेफ्रीजेनेरेटर लागत खरिद गरी रक्तसञ्चार केन्द्रको स्थापना गरिएको हो । यस लगतै सिटिस्कान र अक्सिजनको भण्डार पनि जुम्लामै हुने गरी व्यवस्थापन गर्ने तयारी भैरहेको प्रतिष्ठानले जनाएको छ ।