२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका दुई विद्यालय भयमुक्त घोषणा

२६ मंसिर २०७२, शनिबार १२:४१

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । देउखुरीको सिसहनियाँ स्थित दुई सामुदायिक विद्यालयलाई भयमुक्त विद्यालय घोषणा गरिएको । स्वान÷प्लानको सहयोगमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि बाल कल्याण निमावि पहरुवा र सरस्वती निमावि छोट्की सिसहनियाँलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि भय रहित सिकाई वातावरण तयार भएको विद्यालय घोषणा गरिएको हो । शैक्षिक मापदण्ड अनुसार ३५ ओटा मापदण्ड पुरा भएकाले ती विद्यालयहरुलाई भयमुक्त विद्यालय घोषणा गरिएको हो ।

बाल कल्याण निमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबल चौधरीको अध्यक्षता एवम् शिक्षा प्रेमी जागेश्वर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको विद्यालय घोषणा कार्यक्रममा बोल्ने वक्ताले विद्यालय घोषणा सँगै विद्यार्थीहरुलाई शिक्षकले गर्ने व्यवहार र अभिभावकले गर्नु पर्ने व्यवहारमा ध्यान दिनु पर्ने बताएका थिए ।

सो अवसरमा विद्यालयका प्रअ पृथ्पीपाल चौधरी, स्वानका राममोती चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष गिता चौधरी, पत्रकार ओमप्रकाश गुप्ता, अभिभावक खुमान समाल र विद्यार्थी समिना चौधरी लगायतका वक्ताले बोल्नु भएको थियो । शिक्षिका दमाइन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका झगा कार्कीले गर्नुभएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ । यसै बिच सरस्वती निमावि छोट्की सिसहनियाँमा भएको कार्यक्रममा विद्यालयका प्रअ घडिराम चौधरी, शिक्षिका सुशिला चौधरी र समाजसेवी कर्णबहादुर ज्ञवाली लगायतका वक्ताले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर चौधरीको अध्यक्षता एवम् शिक्षा प्रेमी जागेश्वर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन स्वान संस्थाका राममोती चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली