२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका दुई विद्यालय भयमुक्त घोषणा

२६ मंसिर २०७२, शनिबार १२:४१

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । देउखुरीको सिसहनियाँ स्थित दुई सामुदायिक विद्यालयलाई भयमुक्त विद्यालय घोषणा गरिएको । स्वान÷प्लानको सहयोगमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरि बाल कल्याण निमावि पहरुवा र सरस्वती निमावि छोट्की सिसहनियाँलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरि भय रहित सिकाई वातावरण तयार भएको विद्यालय घोषणा गरिएको हो । शैक्षिक मापदण्ड अनुसार ३५ ओटा मापदण्ड पुरा भएकाले ती विद्यालयहरुलाई भयमुक्त विद्यालय घोषणा गरिएको हो ।

बाल कल्याण निमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबल चौधरीको अध्यक्षता एवम् शिक्षा प्रेमी जागेश्वर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको विद्यालय घोषणा कार्यक्रममा बोल्ने वक्ताले विद्यालय घोषणा सँगै विद्यार्थीहरुलाई शिक्षकले गर्ने व्यवहार र अभिभावकले गर्नु पर्ने व्यवहारमा ध्यान दिनु पर्ने बताएका थिए ।

सो अवसरमा विद्यालयका प्रअ पृथ्पीपाल चौधरी, स्वानका राममोती चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष गिता चौधरी, पत्रकार ओमप्रकाश गुप्ता, अभिभावक खुमान समाल र विद्यार्थी समिना चौधरी लगायतका वक्ताले बोल्नु भएको थियो । शिक्षिका दमाइन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका झगा कार्कीले गर्नुभएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ । यसै बिच सरस्वती निमावि छोट्की सिसहनियाँमा भएको कार्यक्रममा विद्यालयका प्रअ घडिराम चौधरी, शिक्षिका सुशिला चौधरी र समाजसेवी कर्णबहादुर ज्ञवाली लगायतका वक्ताले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर चौधरीको अध्यक्षता एवम् शिक्षा प्रेमी जागेश्वर शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन स्वान संस्थाका राममोती चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ