२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कोदो फलाए पुरस्कार दिइने

१७ मंसिर २०७५, सोमबार ०५:२०

मङ्सिर १७, बागलुङ | कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ । 

सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । उहाँका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् । 

नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । “वैज्ञानिक हिसाबले रकम बाँड्छौँ” नगरप्रमुख नेपालीले भन्नुभयो, “बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।” खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ । 

कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो । गाउँको जग्गा बाँझिदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । “बसाइँसराइ बढ्दो छ, खेती घट्दै छ”, उहाँले भन्नुभयो, “परम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ ।” 

मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ । नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ । 

किसानले पुरस्कार रकम कोदो बाली प्रवद्र्धनमै खर्च गर्नुपर्नेछ । पछिल्लो समय कोदो बालीको उत्पादन घट्दै गएको छ । अन्य बालीको तुलनामा उत्पादन कम हुने र लागत बढी लाग्ने हुँदा कोदोमा किसानको आकर्षण घटेको हो । 

कोदोबाट रोटी, ढिँडोजस्ता परिकार बनाइन्छ । उच्च पहाडी र मध्यपहाडी क्षेत्रमा कोदो खेती गरिन्छ । तराईका कतिपय जिल्लामा समेत कोदो खेती गर्न थालिएको छ । परम्परागत बाली संरक्षणमा नगरपालिकाको गरेको पहलप्रति किसान खुशी छन् । कृषिमा अनुदान बढाउनुपर्ने र यान्त्रीकीकरणमा सघाउनुपर्ने किसानको माग छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य