2026-08-29 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका स्थानिय तहलाई विपद सामाग्री सहयोग

मंसिर १७, जुम्ला । जिल्लाका चार वटा स्थानिय तहलाई १८ लाख बढिको विपद ब्यवस्थापन सामाग्री सहयोग गरीएको छ । जुनसुकै प्राकृतिक प्रकोपपछि विपदको समयमा आईपर्ने संभावित जोखिम ब्यवस्थापन गर्न स्थानिय तहको मागकै आधारमा सामाग्री सहयोग गरीएको हो । नेपाल विपद पुर्व तयारी परियोजना अन्र्तगत किर्डाक नेपालले चन्दननाथ नगरपालिका सहित तातोपानी, पातारासी र तिला गााउपालिकालाई क्रमश सामाग्री बितरण गरेको छ ।

परियोजना अधिकृत कमल बहादुर छत्यालका अनुसार बितरण गरीएका सामाग्रीमध्य खोज तथा उद्धार किटबक्समा २३ प्रकारका ९१ सामाग्रि छन् । त्यस्तै प्रकोप तथा विपदको सुचना तथा जानकारी लिन ४३ ईन्चको स्मार्ट टिभि, डाटा राख्न कम्प्युटर, टेवल र कुर्चि, पावर ब्याकप, मल्टिमिडिया, स्टील दराज, क्यामेरा लगाएतका अन्य सामाग्री पनि स्थानियतहलाई हस्तान्त्रण गरीएको छ । चारवटै तहले विपद ब्यवस्थापनका लागि खोज तथा उद्धार राहत कोष समेत गठन गरेका छन् । प्रति राहत कोषमा परियोजनाले एक लाख ५३ हजार रकम सहयोग स्वरुप जम्मा गरीदिएको छत्यालले बताए ।

तातोपानी गाँउपालिकालाई चार लाख ७६ हजार दुई सय ६१, तिलामा पाँच लाख आठ हजार ९३, पातारासीमा चार लाख ८१ हजार चार सय २५ र चन्दननाथ नगरपालिकालाई तीन लाख २४ हजार ६ सय १६ रुपैया गरी जम्मा १८ लाख २९ हजार तीन सय ९५ रुपैयाको सामाग्री सहयोग गरीएको हो ।

किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक दिपराज रावतले भने, ‘प्रकोप कहिले कसरी आँउछ भन्न सकिँदैन, तर विपद पुर्व तयारी अवस्थामा रहनु बुद्धिमानि उपाय हो ।’ उनले थपे, ‘अन्य प्रकोप त छँदै छन्, अबको भुकम्पको जोखिम पनि कर्णालीमा बढि छ, त्यसैले विपद जोखिम ब्यवस्थापन गर्न हामीले अहिलेदेखि पहल शुरु गरेका छौ ।’ जिल्लामा आउने बाढि पहिरो, खुख्खा पहिरो, हिम पहिरो, पाटक क्षेत्रमा अध्यधिक बर्षा र चिसो, झाडापखरा, भाईरल ज्वरो लगाएतका प्राकृतिक प्रकोपका घटनापछि निम्तिने विपदको समयमा समयमै खोज तथा उद्धार हुन नसक्दा सयौँ पशुबस्तु तथा केहि मान्छेले हरेक बर्ष ज्यान गुमाउनु परेको छ । यसको मुख्य कारण प्रकोप न्युनिकरण तथा विपद पुर्व तयारीको उपाय नअपनाउनुका साथै समयमै खोज तथा उद्धार नहुनु हो ।    

सामाग्रिको उचित प्रयोग गर्छौ ‘जनप्रतिनिधि’

स्थानिय तहहरुले विपद ब्यवस्थापन सामाग्री पाएपछि त्यसको उचित प्रयोग गर्ने बताएका छन् । चारवटै स्थानिय तहमा विपद ब्यवस्थापन शाखा स्थापना गरीएको छ । शाखाको मातहतमा रहने गरी सम्पर्क ब्यक्तिको रुपमा एक जना कर्मचारीले सामाग्रीको रेखदेख तथा उचित परिचालन गर्नेछन् । तहको विकासमा हातेमालो गरी अप्ठ्यारोमा पनि संस्थाबाट सहयोगको अपेक्षा गर्दै सामाग्रीले पालिकालाई राहत पुगेको पातारासी गाँउपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । ‘पालिकाले पाएका सामाग्रिको उदेश्य अनुसार उचित प्रयोग हुन्छ, उनले भने ।’

चन्दननाथ नगरपालिकाकि मेयर कान्तिका सेजुवालले विपद ब्यवस्थापनका सामाग्रि प्रयोग गर्न नसके दिएको पनि अर्थ नहुने बताईन् । ‘हामीसँग पनि पहिलेदेखि केहि सामाग्री थिए, विपदका घटना भैरहेका छन्, तर त्यसको प्रयोग हुन सकेको छैन’ उनले भनिन्, ‘विपद ब्यवस्थापनका प्राविधिक कुरामा पनि अब छलफल गरेर सँगै अघि बढ्नुपर्छ, सामाग्रिसँगै त्यसको परिचालन गर्ने ब्यक्तिको सिप तथा क्षमता विकासमा जोड दिन आवाश्यक छ ।’

तिला गाँउपालिका अध्यक्ष रतननाथ योगीले भने, ‘अब हामीसँग उद्धारका सामाग्रि छन्, तर पालिका क्षेत्रमा हुने विपदका घटनाबारे समयमै सुचना आउनु पर्यौ, होईन भने कोठामा उद्धारका सामाग्रि थन्किने, घटनामा मान्छेले ज्यान गुमाउनुपर्ने अवस्था नआओस् ।’ तातोपानी गाँउपालिका उपाअध्यक्ष गंगादेवि उपाध्यायले प्रकोप न्युनिकरण तथा विपद ब्यवस्थापनको क्षेत्रमा पालिकाको खासै ध्यान जान नसकेको बेला संस्थाले सामाग्री दिएर जिम्मेवारी बोध गराएको महशुस ब्यक्त गरीन् । यस बिषयमा पालिकाले गम्भिर भएर छलफल गर्नुका साथै आगामि आर्थिक बर्षदेखि बजेटको समेत ब्यवस्था गर्ने उनले बताईन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ