३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विद्यालयको आर्थिक अवस्था कमजोर भएपछी अभिभावकबाटै तलब

२७ मंसिर २०७२, आईतवार ०९:२२

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । सामान्य त देउसीभैलोबाट संकलित रकम रमाईला कार्यका लागि खर्च गरिन्छ, तर यसको तिहारमा देउखुरीको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट संकलन भएको रकम विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरुको तलब भत्तामा गरिने भएको छ ।

प्रशंङ्ग हो लालमटिया—८ नयाँबस्ती श्रीचौर मसुरियामा रहेको नवज्योति निम्न माध्यमिक विद्यालयको, जहाँ ११ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराउँदै आएका छन् । एउटा दरबन्दी र दुई वटा राहत दरबन्दी रहेको यस बिद्यालयमा ८ जना निजी स्रोतबाट तलब भत्ता दिएर विद्यालय सञ्चालन भईरहेको छ । तिहारमा विभिन्न उद्देश्यले विभिन्न समूह तथा संघ संस्थाहरुले देउसी भैलो खेल्ने प्रचलन रहेको भए पनि यस बर्ष बिद्यालयले शिक्षक शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका पद्धाधिकारी, सल्लाहकार र अभिभावकहरुको सक्रियतामा शैक्षिक सहयागार्थ सञ्चालन गरिएको देउसीभैलोबाट ६१ हजार १ सय ५० रुपैयाँ कगल संकलन भएको विद्यालयकी प्रधानध्यापक माया खनालले जानकारी दिईन् । संकलित रकमको ९० प्रतिशत रकम निजी स्रोतका शिक्षक शिक्षिकाहरुको तलबभत्तामा खर्च गरिने, १० प्रतिशत रकम शैक्षिक अवलोकन भ्रमणमा र उत्कृष्ट दान दिने दानदातालाई सम्मान कार्यक्रममा खर्च गरिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिए ।

विद्यालयको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै लामो समय देखि शिक्षकहरुलाई तलब खुवाउन नसकिरहेको भैलोबाट संकलन भएको रकम तलबमा खर्च गर्न पाउँदा केही सहज भएको अध्यक्ष घर्तीले बताए । हामीले शिक्षक दरबन्दीका लागि जिल्ला शिक्षा कार्यालयमा पटक—पटक आग्रंह ग¥यौँ तर अहिले सम्म पनि एउटा दरबन्दी बाहेक अन्य शिक्षकहरुलाई निजी स्रोतबाट विद्यालय सञ्चालन गर्दा निकै समस्या भएको छ, घर्तीले भने । हामीले कक्षा ८ सम्मका विद्यार्थीहरु संग कुनै शुल्क नलिई नितान्त निशुल्क पठनपाठन गरिरहेका छौँ घर्तीले भने । अन्य विद्यालयले विद्यार्थीहरुबाट मासिक शुल्क उठाउँछन् तर हामीले विद्यार्थीबाट परिक्षा फिस बाहेक अरु केही नलिई अभिभावकहरुको आर्थिक सहयोगबाट विद्यालय सञ्चालन गरेका छौँ उनले भने । अहिले सम्म निजी स्रोतबाट अध्यापन गराईरहेका शिक्षक शिक्षिकाहरुलाई तलब भत्ता हामी अभिभावकले नै व्यवस्था गरिरहेको अध्यक्ष घर्तीको भनाई छ । देउसीभैलो कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दलबहादुर घर्ती, शिक्षक अभिभावक संघका संयोजक जमुना घर्ती, प्रधानध्यापक माया खनाल, सल्लाहकार केशवराज खनाल, सदस्य उदय परयार, सठराम चौधरी, शिक्षकहरु धनिराम घर्ती, राजेन्द्र चौधरी, रामप्रसाद चौधरी र विद्यार्थीहरु गरी एक सय बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली