२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

विभिन्न क्षेत्रमा आवद्ध युवाहरुद्धारा कालीमायाँलाई सहयोग

१६ चैत्र २०७२, मंगलवार ०७:२०

पूर्णप्रसाद न्यौपाने, चैत १६, ओखलढुंगा
/
 ओखलढुंगाको पात्लेकी कालीमायाँलाई विभिन्न क्षेत्रमा आवद्ध युवाहरुले सहयोेग गरेका छन्

help1

जगारीका लागि विभिन्न मुलुुकमा पुगेका ओखलढुंगेली युुवाहरुले संयुक्तरुपमा ५० हजार नगद सहित
लत्ता कपडा सहयोग गरेका हुन् । विगत ६६ वर्ष देखि ओडारमा बस्दै आाएकी कालीमायाँ सहयोग पाएपछि अहिले घरमै
बस्दै आएकी भएपनि उनलाई निकै समस्या रहेको भन्दै त्यो समस्या समाधानमा साउदी,कतार लगाएतका स्थानमा
पुगेका युवाहरुले चासो देखाए अनुसार नै जम्मा भएको सहयोग आफु कालीमायाँको घरमा पगेर हस्तान्तरण गरेको
सहयोगी मध्येका एक देब बहादुर सुनुवारले जानकारी दिनुभयो ।

‘जब
उहाँको अवस्था बारे हामीले थाह पायौँ त्यो बेला देखि नै सानुठेुलो सहयोग गरिरहेका छौँ’उहाँले
भन्नुभयो‘कालीमायाँ अलि अस्वस्थ हुनुुहुन्छ,उहाँको उपचारका विषयमा पनि हामीले सोचीरहेका छौँ’ उपचार गरेर
बाँचुन्जेल सहयोग गर्ने र उहाँको नाममा जुटेको सहयोगको दिर्घकालीन व्यवस्थापन गर्ने विषयमा पनि योजना
बनाईरहेको सुनुवारको भनाई छ ।

help3

सुनुवार सेवा समाज शाखा साउदीबाट २४ हजार ५ सय, भुकम्प पीडित अभियानबाट
छुट्टयाइएको २० हजार, कतारमा कार्यरत नेपालीहरु बाट २० हजार, ४ अमेरिकी निबासी आङ दामु शेर्पा ५ हजार, ५
समाज सेबि मोहन सुनुवार ५ हजार, टेकेन्द्र सुनुवार ट्रकिङ गाइडबाट १ हजार र नाम उल्लेख न गर्ने सर्तमा
एक जना सुनुवार चेली बाट एक हजारगरी जम्मा ७६ हजार ५ सय संकलन भएको र उक्त रकमबाट सहयोग गरिएको सहयोगी
अभियान्ता किशोर सुनुवारले जानकारी दिनुभयो । केहि दिन अघि देब सुनुवार,जिबन सुनुवार,उपेन्द्र सुनुवार र
लिला सुनुवारले पात्ले पुगेर कालीमायाँलाई सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

help2

वि. सं. २००५ देखि नै ओडारमा
बस्दै आएकी पात्ले–८ लप्सेडाँडाकी ८० वर्षीय कालीमाया सुनुवारलाई विभिन्न क्षेत्रमा आवद्ध व्यक्ती तथा
निकायहरुले सहयोग गरिरहेका छन् । सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन,प्रशारण भएपछि सहयोगीहरु जेटेपछि
कालीमायाँले अहिले एक सहयोगीको साथ र बासबस्ने घर सहित बाचुन्जेल सहयोग गर्ने सहयोगि हातहरु भेट्टाएकि
छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ