२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा डान्स क्रियसनको कार्यालय उद्घाटन

२८ मंसिर २०७२, सोमबार ०१:५३

dance kristiyanसन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । देउखुरीको लालमटियामा स्थापना भएको न्यू डान्स क्रियसन लालमटियाको आईतबार लालमटियामा एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गरिएको छ ।

वि.सं. २०७१ सालमा लालमटियामा क्रियाशिल युवाहरुको भेलाले परम्परागत नेपाली संस्कृति संरक्षण गदै युवाहरुमा रहेको प्रतिभालाई राष्ट्रियस्तर सम्म पु¥याउन न्यू डान्स क्रियसन गठन गरिएको थियो ।

क्रियसनलाई कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाले आफ्नो भवनको एउटा कोठा उपलब्ध गराएपछि कार्यालय उद्घाटन गरिएको हो ।

क्रियसनका अध्यक्ष शरद रावतको अध्यक्षता एवम् समाजेवी तथा विकासप्रेमी युवराज न्यौपानेको प्रमुख आतिथ्यमा रिबन काटेर विधिबत कार्यालयको उद्घाटन गरिएको छ ।

क्रियसनकी सदस्य पार्वता खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सानै उमेरबाट आफ्नोमा रहेको प्रतिभा उजागरण गर्न सके राष्ट्रिय कलाकार समेत बन्न सकिने भएकाले युवा तथा बालबालिकाहरुको सकरात्मक कार्यलाई सबैले सहयोग गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँ, राप्ती उद्योग बाणिज्य संघका कार्यालय सचिव सन्तोषकुमार योगी, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका उपाध्यक्ष तथा पत्रकार सन्तोषकुमार गुप्ता, लालमटिया युवा सञ्जालका उपाध्यक्ष उमेश अधिकारी, युवा समाजसेवी बिनोद जिसी, पत्रकारद्धय प्रलाह्द बन्जाडे र सुनिल आचार्य लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

४२ सदस्यीय पद्धाधिकारी रहेको न्यू डान्स क्रियसनले सो अवसरमा एक दर्जन बढी सांस्कृतिक प्रस्तुतहरु देखाएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जमिर शाहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली