३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

धर्मलाई विकाससँग जोडौं: सांसद चौधरी

२८ मंसिर २०७२, सोमबार ०२:०२

chudhariसन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । सांसद तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले धर्मलाई विकाससँग जोडेर लैजानुपर्ने बताउनु भएको छ ।

अहिलेको विश्वमा धार्मिक अस्तित्व संकटमा पर्दै जान थालेको भन्दै उहाँले अब धर्मलाई केबल पूजाआजामै सिमित नगरेर विकाससँग जोड्नुपर्नेमा जोड दिनु भएको हो ।

डुरुवा ३ लुहाडबरास्थित राधाकृष्ण मन्दिरमा आयोजना भएको श्रमद्भागवत सप्ताह ज्ञान महायज्ञमा आइबार प्रमुख अतिथिका रुपमा बोल्दै चौधरीले यस्तो बताउनु भएको हो ।‘विश्वमा धेरै धर्महरु अहिले विकाससँग जोडिएर आफ्नो प्रभाव फैलाउन लागेका छन् उहाँले भने ‘बहुधार्मिक नेपालमा पनि हरेक धर्महरुको अस्तित्व संकटमा पर्न थालेको छ, अब हाम्रो आआफ्नो धर्मलाई बचाउनका लागि धर्मलाई विकाससँग जोड्नुपर्छ, उहाँले भन्नु भयो ।

चौधरीले जिल्लाको विकासका लागि आफूले नीतिनिर्माण तहमा सक्दो प्रयास गरिरहेको भन्दै त्यसका लागि स्थानीयमा पनि जागरुकता आउनुपर्नेमा जोड दिनु भयो । ‘तपाईहरुले कहाँ के समस्या छ भनेर भन्नुप¥यो, म जनताकै प्रतिनिधि हुँ, तपाईहरुकै छोरा चेला हुँ म सक्दो प्रयास गर्नेछु’ उहाँले भन्नु भयो । ‘आफ्नो ठाउँको विकास निर्माणका लागि मैले हरसम्भव प्रयास गरेको छु, गरिरहनेछु, भन्नु भयो

डुरुवालाई सडक सञ्जालसँग जोड्नका लागि धेरै ठूला लगानीका पुलहरुको निर्माणका लागि आफूले पहल गरेको पनि उनले बताउनु भयो । ‘डुरुवालाई अरु गाउँसहरसँग जोड्नका लागि मात्रै विभिन्न ठूला ३ वटा पुलहरु बन्ने भएका छन्, त्यसका लागि म धेरै लडेको छु’ उहाँले भने ‘मेरो प्राथमिकता विकास निर्माण नै हो, त्यसका लागि तपाई सबै जनताले साथ दिनुपर्छ, भन्नु भयो ।

मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि आयोजना गरिएको उक्त महायज्ञमा चौधरीले व्यक्तिगत १५ हजार नगद सहयोग गरेको थिए भने सांसद विकास कोषबाट १ लाख एकहजार १ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली